दुष्यन्त भट्टराईमातापिता निधि दुई घरमै रमाउन्
बालूँ म दीप मनमा शुभ भावनाले लागूँ म धर्मपथमा शुभ चाहनाले । संस्कारमाथि सब कर्म फुलुन् फुलाउन् मातापिता निधि दुई घरमै रमाउन् ।।
दुष्यन्त भट्टराई :
आफन्त सन्ततिसँगै सुखदःख साटुन्
पीडा भुलेर परिवार खुलेर हाँसुन् ।
आनन्द भाव मनमा दरिलो जगाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।।१।।
के के छ आज भन जीवनमा खजाना
आनन्द, हर्ष, सुखभोग सबै जनामा ।
दिन्छन् सदैव अभिभावकले बुझाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।॥२॥
सद्भावका किरणले झलमल्ल पारून्
सन्ताप, दुःख, भय जीवनका लघारुन् ।
आवेग रागरिस बन्धन नै चुडाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।।३।।
आमा समान जगमा ममता हुँदैन
बाबाविना शिशु स्वयं अहँ हुर्किंदैन ।
सम्मान भाव सब सन्ततिले जगाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।।४।।
बालूँ म दीप मनमा शुभ भावनाले
लागूँ म धर्मपथमा शुभ चाहनाले ।
संस्कारमाथि सब कर्म फुलुन् फुलाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।।५।।
०००
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest





































