साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सबै …

कालका रूपको गर्दछौ धारण सृष्टि संहारका हौ तिमी कारण एक मुठ्ठी दया राख बाघम्बर वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

आज नेपालमा हाल बेहाल छ
वृद्धमा सुस्तरी आउँदो काल छ
एउटा मात्र विन्ती सुनून् शङ्कर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।१।

गर्न सन्तानको हर्षको सञ्चय
खर्चिए जो थियो साथमा वैभव
आज छैनन् सँगै दूरको के भर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।२।

उच्च संस्कारले हुर्किएका थिए
आज खै के भयो सत्य नै बिर्सिए
हो कलीकालको देख्छु सम्बत्सर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।३।

हातखुट्टासँगै ज्यान गल्दा पनि
चित्तमा आसको दीप बल्थ्यो सधैँ
दूरको धिप्धिपे दीपको के भर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।४।

शम्भु कैलाशवासी तिमी ईश्वर
साथमा पार्वती साथ नन्दीश्वर
कण्ठले गर्छु यो प्रार्थना शङ्कर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।५।

कालका रूपको गर्दछौ धारण
सृष्टि संहारका हौ तिमी कारण
एक मुठ्ठी दया राख बाघम्बर
वृद्धवृद्धा सबै शम्भु रक्षा गर ।६।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x