साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्ध बेला सुखको निसान

छोरा र छोरी बुझ यत्तिमात्र आफै कहाँ हुन्छ र को सुपात्र हामी सबै हौँ उनकै लगान होस् वृद्ध बेला सुखको निसान ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

तारा खसाएर दिँदैन कोही
प्यासी बनाएर दिँदैन मोही
भन्ने नहुन् साथ हुने जहान
होस् वृद्ध बेला सुखको निसान ।१।

जो जिन्दगी कर्म गरी रमाए
पीडा सहे दु:ख गरी कमाए
हुन् ती भनेका घरका दलान
होस् वृद्ध बेला सुखको निसान ।२।

सन्तानका निम्ति भविष्य देख्ने
वैरी कतै छेउ परे लखेट्ने
आमा बुवा हुन् परिवार मान
होस् वृद्ध बेला सुखको निसान ।३।

सद्भाव संस्कार सदैव घोल्ने
दुर्भाव दुष्कर्म सदैव पोल्ने
सन्ताननै हुन् यिनका बगान
होस् वृद्ध बेला सुखको निसान ।४।

छोरा र छोरी बुझ यत्तिमात्र
आफै कहाँ हुन्छ र को सुपात्र
हामी सबै हौँ उनकै लगान
होस् वृद्ध बेला सुखको निसान ।५।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x