साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

मिल्दैन भोलि यिनको अनमोल काख मिल्दैन ढुक्क बनिने सहयोग साथ बुझ्दै महत्त्व गर आदर, होस् इमान यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

सन्तान दु:ख निमिट्यान्न बनाउँछन् जो
पोखेर हर्ष अनुहार हँसाउँछन् जो
त्यस्ता अमूल्य गहना बुझियून् तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

शिक्षा दिएर नित नैतिकता उचाल्छन्
संस्कारले मुलुक उज्ज्वल पार्न थाल्छन्
त्यस्ता धरोहर बुझौँ र झुकौँ तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

स्वार्थी हुँदैन ममता यिनको कसैमा
त्याग्छन् समस्त सुख सन्ततिका खुसीमा
सन्तान हो बुझ यिनी सब तीर्थ धाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

हाँक्छन् सुमार्ग घरको रथ नित्य जल्ले
साँच्छन् भविष्य सुख सन्ततिको क्रमैले
ब्रह्मा यिनै शिव यिनै बलराम राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

मिल्दैन भोलि यिनको अनमोल काख
मिल्दैन ढुक्क बनिने सहयोग साथ
बुझ्दै महत्त्व गर आदर, होस् इमान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x