साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुमा सरह नै हुन् कर्मदाता पनि

आमामा किन भिन्नता गरिदिए मेरी र तेरी भनी आमा बुझ्नसके समान सब हुन् सन्तानकी जीवनी मैले मान्छु मुमा सधैँ हृदयले सासू सुजाता भनी माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

तिम्रै हो घरबार यो अब तिमी हाँसेर बाँच्नू यहाँ
सारा माइतका र बालपनका ताजा रहुन् सम्झना
आमा आज छुटिन् भनेर किन पो गर्छ्यौ बिलौना तिमी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

भित्री नेत्र खुले र हेर्न सकिए सासू-मुमा एक हुन्
देख्ने बाहिरका दुवै नयनले सासू-बुहारी अहम्
हाम्री पुत्रवधू भयौ अब तिमी संस्कार होस् जीवनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

छोरी माइतकी थियौ बुझ यहाँ भन्छन् बुहारी तर
रोयौ सुँक्क बिदा हुँदा अनि यता आई सजायौ घर
छोड्यौ एक मुमा उता हृदयमा अर्की सजाऊ तिमी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

सासू भन्न यहाँ स्वयं मन भए के त्रास मान्छ्यौ ? भन
आमा नै यदि भन्नमा मन भए सङ्कोच त्यागी भन
एकै हुन् दुइटै भनी यदि बुझे पीडा सबै नासिने
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

आमामा किन भिन्नता गरिदिए मेरी र तेरी भनी
आमा बुझ्नसके समान सब हुन् सन्तानकी जीवनी
मैले मान्छु मुमा सधैँ हृदयले सासू सुजाता भनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x