साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता यी पतिकी मुमा सरह नै…

पानी भन्छ जहीँ मिले हित भयो आकाशमा पुग्दछु । चर्को ताप सही उही तन लिई यो लोकमा बग्दछु ।। बग्ने शिल्प छ साथमा मनुजको को सक्छ जम्मै गनी ? माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

आमा कर्म दिने समान जननी चिन्दै उकालो उठौँ ।
मान्छेका गुण धर्म छन् जति यहाँ जानेर आफैँ पुजौँ ।।
मान्छे उड्‌दछ व्योममा गुण टिपी सत्कर्म सङ्ला चुनी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।०१।।

मान्ने कर्म विधान छन् विगतका सायुज्य पक्रेपछि ।
पुत्रीतुल्य वधू बुझून् मनुजले उठ्नेछ आफ्नो गति ।।
बोकी मेल हिँडे सुकर्म पथमा फल्नेछ, मेवा गुनी।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।०२।।

ईर्ष्या, ताप तनाव, दर्द दिलमा बोक्दै नबोकेपछि ।
फेरिन्छन् दिनरात सुन्दर बनी भेटिन्छ उम्दा गति ।।
उड्दै व्योम पुगेर सौख्य बटुलूँ सन्मार्ग यौटा खनी ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।०३।।

फुल्छन् फूल उखेल्छ सार्छ मनुवा सौन्दर्य उक्साउँछ ।
मान्छे हाँस्न सकोस् सुकोमल बनी यो मार्ग देखाउँछ ।।
मैत्री मार्ग हिडूँ अवश्य गिरिमा उक्लिन्छ मान्छे जुनी ॥
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।०४।।

पानी भन्छ जहीँ मिले हित भयो आकाशमा पुग्दछु ।
चर्को ताप सही उही तन लिई यो लोकमा बग्दछु ।।
बग्ने शिल्प छ साथमा मनुजको को सक्छ जम्मै गनी ?
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ॥०५॥

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं. १. इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x