साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त भूत भएछु

ज भोलि, म अबेलासम्म सुत्छु, पर्दा लगाएको बन्द कोठामा, लाग्छ म ओडारमा छु सूर्यास्तसँगै बाहिर काममा जान्छु अबेर गरी फर्किन्छु, हो आमा, म त भूत भएछु ।

Nepal Telecom ad

दुश्यन्त भट्टराई :

म सानो छँदा
आमाले भन्नु हुन्थ्यो
बाबु,
साँझ परेपछि घर बाहिर जानु हुन्न,
म सोध्ने गर्थे
किन आमा ?
आमा भन्नु हुन्थ्यो,
बाबु
बाहिर भूत आउँछ,
आज हेर्छु,
आफ्नो काम नै साँझ परेपछि सुरु हुन्छ,
हेर्नु आमा
म त भूत भएछु ।

आमा भन्नु हुन्थ्यो
सूर्योदयदेखि सूर्यास्तसम्म
मानिस बाहिर काममा,
भूत ओडारमा,
सूर्यास्तपछि मानिस घरमा,
भूत बाहिर
ज भोलि,
म अबेलासम्म सुत्छु,
पर्दा लगाएको बन्द कोठामा,
लाग्छ म ओडारमा छु
सूर्यास्तसँगै बाहिर काममा जान्छु
अबेर गरी फर्किन्छु,
हो आमा, म त भूत भएछु ।

म सोध्ने गर्थे,
आमा भूतले के गर्छ ?
आमा भन्नु हुन्थ्यो,
बाबु भूतले तर्साउँछ,
आज भोलि,
जब म राती घर फर्कन्छु
र ढोका खोल्छु,
ढोका खोलेको आवाजले
सुति रहेको छोरो तर्सिन्छ ।
लाग्छ म मान्छे तर्साउँन थालेछु
हो आमा म त भूत भएछु ।

म सोध्ने गर्थे,
आमा भूत कस्तो हुन्छ ?
आमा भन्नु हुन्थ्यो
बाबु भूत डरलाग्दो हुन्छ,
देखिदैन,
आवाज मात्र निकाल्छ,
त्यो पनि डरलाग्दो,
आज भोलि विचार गर्छु,
बिहान अबेरसम्म सुत्ने म
छोरो स्कुल जाँदा उठेकै हुन्न
सिरक भित्र म
छोराले देख्दैन,
केबल म घुरेको आवाज मात्र सुन्छ
त्यो पनि डरलाग्दो,
जब छोरो स्कुलबाट फर्किन्छ,
म घरमा हुन्न,
जब म घर आउँछु
ऊ सुति सकेको हुन्छ,
म ढोका खोल्छु
ऊ सुतेकै ठाउँमा तर्सिन्छ,
हो आमा, उसका लागि म
त्यही अदृश्य वस्तु भएको छु,
आवाज निकाल्ने तर
नदेखिने भूत भएको छु ।

आमा
म तपाईंलाई यो पनि त सोध्ने गर्थे
कि भूत कसरी हुन्छ भनेर ?
तपाई भन्नु हुन्थ्यो,
बाबु, मान्छे मरेपछि भूत हुन्छ,
आमा, यहाँ त म,
नमरिकनै मरेको छु,
हरेक दिन, हरेक पल,
म मर्दै बाँचेको छु,
बाँच्दै मरेको छु,
हो आमा
म त जिउँदै भूत भएको छु,
साँच्चै आमा
म त भूत भएछु ।

०००
झापा, हाल : बेलायत 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x