साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराजित नाता

आफूलाई निकाल्ला भन्ने डरले पनि एकराज निकै मेहनत गरेर काम गर्थे । उनको दायाँ कानको सुन्ने क्षमता ह्रास हुँदै गएको थियो । दुध चिया भनेको नसुनेर कालो चिया ल्याउँथे । कालो चिया भनेको राम्रोसँग नसुनेर दुधचिया ल्याउँथे । यसले गर्दा उनको कामले अपजस पाउन थाल्यो ।

Nepal Telecom ad

हरि खनाल :

‘सजीव ! मलाई ससुराबाको चाला निको लागेन ।’ पोसाक बदल्दै गरेका पतिलाई सुनीतिले हातमा समाउँदै भनिन् । सजीवको एउटा हातमा सर्टको बाहुला छिरेको थियो र अर्को बाँकी नै थियो । ऊ टक्क रोकियो ।
‘तिमीले भन्नचाहिँ के खोजेकी नि ? के गरे बाउले हँ ? यहाँ ल्याएको एक महिना पुगेको छैन ।’ झर्किँदै बोल्यो सजीव ।

‘मलाई थाहा थियो तिमी मलाई उल्टै गाली गर्छौ भनेर । भैगो यस्तालाई के भन्ने ?’ सुनीति पनि झर्किई र सोफामा थ्याच्च बसी ।

सजीवले कपडा बदलिसकेको थियो । ऊ पनि सुनीतिकै नजिकै बस्यो ।
‘भन न त के कुरा हो ? किन फेरि ब्रेक लगाएकी ?’
‘भन्न त सुन्ने मान्छे पनि चाहियो नि ?’ अर्कोतिर फर्किँदै बोली सुनीति ।

‘ए बाबा , दिनभरि काम गरेर थाकेर आको बेलामा आउँदाआउँदै यस्ता कुरा आएपछि तनाव हुँदैन त । लौ भन अब के हो ?’ सजीवको स्वर अलि मायालु बन्यो ।
‘तिमी सुन्न त सक्छौ ?’ सुनीतिले सर्त राख्न थाली ।
‘लौ भन सुन्छु ।’ सजीवले सुनीतिको हात समाउँदै सर्त स्वीकार गर्यो ।
‘तिम्रो बाबाको बिहे गरिदिऊँ । बुढाबुढी अभैm केही वर्ष आनन्दले बस्छन् । मान्छौ ?’ सुनीतिले भनी ।
‘बिहे ? बाबाको यो उमेरमा ? कहाँबाट आयो यस्तो विचार तिम्रो दिमागमा ?’ सजीवले सोध्यो ।
‘मैले यी कुरा त्यसै भनेको छैन । मसँग त्यस्ता केही आधारहरू छन् जसले यी कुरा भन्न लगायो ?’ सुनीतिले जवाफ दिई ।

‘के छन् त्यस्ता आधार ? कि बाबाले स्वयम् भन्नुभयो यो कुरा ? पैसठ्ठी कट्न लागेका बुढालाई यस्तो कुबुद्घि कसरी आयो ?’ सजीवले हाँस्दै सोध्यो ।
‘उहाँले भन्नुभएको त हैन तर मान्छेको छनकबाट थाहा हुन्छ नि यस्ता कुरा । हैन तिमी मान्छेलाई बुझ्दैनौ भन्या ?’ सुनीतिको उच्च आवाज आयो ।
‘यो सबै तिम्रो बेतुकको कुरा हो ।’ सजीव पनि झर्कियो ।
‘तिमी पो बिहान भान्सामा हुँदैनौ । भान्सामा उहाँलाई खान दिन लागेको बेला उहाँ मसँग अनेक कुरा गर्नुहुन्छ ।’ सुनीतिले आँखा घुमाउँदै भनी ।
‘के हो अनेक कुरा भनेको ? जुन तिमीलाई अस्वभाविक लाग्यो हँ ?’ सजीवले सोध्यो ।
‘तिमी सिन्दूर पोते लगाऊ । तिमी टीका लगाऊँ । राम्री देखिन्छ्यौ भन्नुहुन्छ । अनि म नजिक पनि आउनुहुन्छ ।’सुनीतिले जवाफ दिई ।
‘बाबाले भन्नुभएका कुरा के नै नराम्रो भयो त ? उहाँहरूका पालामा आमाले एकछिन सिउँदो खाली राख्नुहुन्नथ्यो, निधारमा उज्यालो टीका लगाउनुहुन्थ्यो । उहाँहरूको मान्यता साध्वी नारीले त्यस्तो लगाउनुपर्छ भन्ने न हो । के बिग्रियो त ?’ सजीवले सम्झाउन खोज्यो ।
‘हेर बुझ पचाको । यस्तासँग के भन्ने ? त्यस्तो बाउको छोरो न हो । तिमी पो केमा कम्ता छौ र ?’ सुनीति भुनभुनाउँदै बाहिर निस्की ।

सजीवका बाबाआमामा असाध्यै गहिरो प्रेम थियो । पत्नी बितेपछि सजीवको बाबुको मनोदशा नै बिग्रिएको थियो । उनी रातभरि बर्बराइरहेका हुन्थे । काजक्रिया सिध्याएपछि उनको जेठो छोरो र बुहारी अमेरिका फर्किए । सजीव र सुनीति काठमाडौँ । सजीव ठूलै व्यापारी थिए । उनको ठूलो हार्डवेयर पसल थियो ।
दुवै छोराबुहारीको बेवास्तामा परेका एकराज कहिले खान्थे कहिले नखाइ सुत्थे । छिमेकीले सोध्दा उनी आँखाभरि आँसु लिएर भन्थे म त्यो भान्सामा पस्नै सक्दिन । झलझली बुढीको याद आउँछ ।

कोही नभएको त्यो घरमा एकराज धोको फेरेर रुन्थे । कुनै रात त रोएरै काट्थे । यी सबै देखेसुनेका छिमेकीले सजीवलाई फोन गरेर सुनाउँथे । शुरुशुरुमा ती कुनैकुरामा वास्ता नगरेका सजीवलाई उनकै काकाले टेलेफोनमै झपारे । काकाले घोच्ने गरी भनेपछि सजीव घरतिर हिँडे । एकराज ज्वरोले थला परेका रहेका रहेछन् । छिमेकीहरूले पालो बाँधेर उनको हेरचाह गरिरहेका थिए ।

सजीवलाई देख्नासाथ काकाले सातो खाँदै भने ‘हेर बाबु, तेरो त अनुहार हेरेपनि अगति परिन्छ । अबदेखि नआइज । हा¥यो बाउछोराको नाताले । हामी गाउँलेले पालो गरेर हेर्छौँ।’
सजीवले सबै छिमेकीहरूसँग माफी माग्यो । त्यसै दिन उठाएर बाबुलाई काठमाडौँ ल्यायो । यसरी ल्याएको छब्बीस दिन बितेको थियो ।
पत्नी वियोगलाई भुल्न नसकेपनि एकराज छोराको व्यवहारबाट खुसी नै थिए । साथीहरूको समूह बनाएर विभिन्न ठाउँमा घुम्ने र रमाइलो गर्ने सुनीतिको स्वतन्त्रतामाथि भने अङ्कुस लाग्न गयो । उनका अनेक कुरामा सजीवले ध्यान दिइरहेका थिएनन् ।

एक साँझ अलि फरक प्रकारको घटना घट्यो । सुकाएको ठाउँमा सुनीतिको ब्रा र कट्टु भेटिएन । सजीव घरमा पुग्नासाथ उनले त्यही कुरा उठाइन् ।
‘हैन, तिम्रो ब्रा र कट्टु कसले लैजान्छ हँ ? चेपिनौ होला हावाले उडायो वा कतै झर्योन । यस्ता साना कुरामा पनि मेरो गिदी किन खान्छ्यौ यार ?’ सजीवले सम्झाउने प्रयत्न गर्योौ ।
‘यो ब्रा र कट्टु पक्कै पनि तिम्रो बाबाले लगेको हुनुपर्छ । एकपटक उहाँ सुत्ने कोठामा हेर्न त जाऊ ।” सुनीतिले भनी ।
‘ए बाबा, बाबाको कोठामा कसरी पुग्छ तिम्रो ब्रा र कट्टु ? कि तिमीलै लैजान पर्यो ।’ सजीवले भन्यो । सजीवको कुरा सुनेर सुनीति रिसले पागलसमान भई । उनको मान राखिदिन भनेर सजीव सुनीतिसँग बाबा सुत्ने कोठामा पुग्यो । बाबु ढल्किरहेका थिए ।

‘बाबा ! ठीक हुनुहुन्छ नि ?’
‘ठीक छ बाबु ? बरु तिमी कतिबेला आइपुग्यौ ?’
‘भर्खर बाबा । अँ हजुरले आज सुकाएका कपडा उठाउनु भयो र ?’
‘कस्तो कपडा ? खै आज त म छतमा गएकै छैन । हिजो अस्तिचाहिँ पानी पर्न लाग्दा गएर उठाइदिन्थेँ तर आज त छैन ।’ बुढाले टाउको हल्लाए । बाबुछोरा कुराकानी गरिरहँदा सुनीतिले एकराज सुत्ने ओछ्यान पल्टाउन थाली । उनको सिरानबाट ब्रा र कट्टु निस्कियो ।
‘यो के हो त बा ?’ सुनीतिले हातमा ब्रा र कट्टु लिँदै सोधी ।
‘कुनि त के हो मलाई के थाहा ? मैले तिम्रा लुगा उठाएकै छैन । उठाए पनि म बाहिरै राखिदिन्छु त ।’ एकराजले भने ।
‘बुहारीको कट्टु र ब्रा ल्याउन ससुरालाई लाज लाग्दैन ?’ सुनीतिले मुख फोरी । सजीव पनि केही बोलेन । त्यो दोषारोपण र वास्तविकताको परीक्षण गर्न उसको विवेकले अह्राउनुपर्ने थियो तर उसको विवेक पतिपत्नीको नाताबाट पराजित भइसकेको थियो । उनीहरू बाबुको कोठामै रहेका बेला नाति सुवास पुग्यो । ऊ हजुरबा भन्दै एकराजको काखमा बस्यो ।

सुनीतिका आँखाले आफ्नै छोराको हजुरबाप्रेममाथि धावा बोलिरहेको थियो । सानो बालक आफ्नी आमाको दृष्टिआक्रमणसँग बेखबर थियो । सुनीति र सजीव कोठाबाट निस्किए ।

त्यस साँझ एकराजलाई खाना पनि खान मन लागेन । उनी निराश भइसकेका थिए । केहीदिनदेखि बुहारीले गरेकी व्यवहारको चरम स्वरूप उनले त्यस दिन भोगे । सजीव पनि केही नबोलेर बाहिरिएपछि एकराजको मन छियाछिया भयो । उनर्ले काँधमा बोकेर हिँडेको, ताते गराएको, दिशापिसाब सोहरेको बेलाको सजीवलाई यो जवान सजीवसँग तुलना गरे । उनको आँखा भरिएर आयो । उनले मनमनै भने ‘बाउमाथि भएको प्रायोजित अन्यायमा किन बोलेन सजीव ? मौनं सम्मति लक्षणम् ।’
एकराज रातभरि ओछ्यानमा यताउता गरिरहे । बाक्साबाट बुढीको तस्विर निकाले । वास्तवमा उनी त्यो तस्विर आपूm सुत्ने कोठाको भित्तामा राख्न चाहन्थे तर बसाइको विषयमा शङ्का रहिरहेकाले उनले तस्विरलाई बाकसमै राखेका थिए ।

‘सावित्री ! यो सब तिमीले गर्दा भएको हो । तिमीले मलाई छोडेर नगएको भए न म यहाँ आइपुग्थेँ न यस्तो कुराको सामना गर्नुपथ्र्यो । मलाई पहिला जान दिनुपर्दैनथ्यो सावित्री ? तिमीलाई हतार भयो पहिला ।’ एकराज सावित्रीको तस्विरलाई छातीमा राखेर पग्लिरहे ।

‘सावित्री ! तिमी पहिले गएर ठीक ग¥यौ । यो दुर्दशा त तिमीले पनि भोग्नुपथ्र्यो होला नि । अहिलेको मेरो ठाउँमा तिमी भएकी भए ? हे राम के गथ्र्यौ ? मलाई पो बुहारीले ऊसँग आशक्त भएको देखाएर छोराको मन भाँड्दैछे । तिमी भएकी भए चोरीको दोष लगाउँथी होली । तिमी त आमा हौ । तिमी कसरी सक्थ्यौ यी सबै खेप्न ? अनि म स्वर्गमा भएको भए पनि तिमी यहाँ रोएको हेर्न सक्थेँ होला र ? यतै आएर भट्किन्थेँ होला । के थाहा तिमी पनि अहिले मेरो दशा हेर्न पो आएकी छ्यौ कि ?’ एकराजले डराइ डराइ झ्याल खोले ।

‘ए बुढा ! झ्याल खोल्न पनि किन डराएका ? तिमीले बनाएको गाउँको घरमा छोरो सानो छँदा झ्यालमा घनले हान्थ्यो । ढोका त कतिपटक फोर्योल फोर्योर । ऊ डराउँदैनथ्यो । अहिले उसको घरमा झ्याल खोल्न पनि डराउनुपर्ने ?’ तस्विरबाट आवाज आयो ।
‘ए मेरी सावित्री तिमी यहीँ छ्यौ ? यतै छ्यौ ? हैन हैन मलाई केही पनि भाको छैन । चिन्ता गरेकी ? म झ्यालबाहिर हेर्न थालेको तिमी त भित्रै आइछौ ।’ एकराज दौडिएर तस्विर समात्न पुगे । केवल मौन थियो तस्बिर । एकराजले धेरै बेर हेरे । अहँ तस्विरबाट कुनै आवाज आएन । एकराजले लामो सास ताने । ‘सावित्री यो आवाज कहाँबाट दियौ तिमीले । शायद मेरो मनभित्र बसेर दिएकी हौली ।’ एकराज तस्वीर सुमसुम्याएर एक्लै बोलिरहे । रात बितेको थाहै भएन । बाहिर सडकमा यदाकदा बजेको सवारी साधनको हर्न र अलि तलको मन्दिरमा बजेको घन्टले बिहानीको सङ्केत गरिरहेको थियो ।

एकराजले मुख धोए । अनि सावित्रीको तस्विरलाई एकपटक फेरि हेरे ।
‘सावित्री ! म पैँसट्टी वर्षको लक्का जवान छु हैन त ? मलाई यो कोठाभित्र बसेर आँसु झार्न सुहाउँछ त ? लौ तिमी नै भन । विचरा छोरोलाई ठूलो पीर परेको छ । एकराज, तँ छोरालाई र सावित्रीलाई माया गर्छस् हैन ? हो गर्छस् । त्यसो भए तुरुन्त निस्की । एकराजको मनले निष्कर्ष दियो । एकराजले नयाँ सर्टपाइन्ट लगाए र कपाल कोरेर चिटिक्क परे । अनि आफैँले घरबाट ल्याएको सानो ऐनामा हेरे ।
‘अहँ यसरी चिटिक्क पर्नुहुन्न । यस्तो चिटिक्क पर्नेलाई कसले काम दिन्छ ?’ उनले तुरुन्तै नयाँ पोसाक फुकाले र पुरानो मैलो सर्ट र पाइन्ट लगाए । केही कपडा र सावित्रीको तस्विर झोलामा राखे । उनले सानो टुक्रा कागज झिके र डटपेनले लेखे । ‘प्रिय छोरा मैले तिम्रो दुख बुझेको छु । नानी बुहारी मैले तिम्रो आशय बुझेको छु । तिमीहरूलाई शान्ति दिन र स्वर्गवासी पत्नी सावित्रीको आत्माको चीर शान्तिको कामना गर्न तीर्थ जाने विचार गरेँ । मलाई नखोज्नु ।’ लेखिसकेर आफैँले एकपटक पढे । उनको दुवै आँखाबाट आँसुका थोपा तप्पतप्प भुईँमा खस्यो । एक थोपा उनले लेखेकै टुक्रोमाथि पनि पर्योर । उनी बिस्तारै कोठाको ढोका खोलेर मूलगेटतिर गए ।

गेटमा साँचो झुण्डिएको थियो । अब त्यो साँचो कसले खोलिदिने ? साँचो माग्दा छोरोले कहाँ जान लागेको भन्दा के जवाफ दिने ? एकराज फेरि केहीबेर अन्योलमा परे । तर उपाय के नै थियो र ? उनी फर्किए र उही कोठामा पुगे अनि ढोका खुल्ने प्रतीक्षामा बसे । आधा घन्टा जति पछि ढोका खुलेको आवाज उनको कानमा पर्यो? । उनले झ्यालबाट हेरे । सजीव बाहिर निस्कियो । उनी पनि बिरालोकै चालमा तल झरे । पातलिँदै गएको बिहानको अँध्यारोको पारदर्शी पर्दा छिचोल्दै उनी चक्रपथतिर निस्के ।

बिहानै भएकाले होला चक्रपथमा धेरै गाडी थिएनन् । एकराजको यात्राको कुनै लक्ष्य र गन्तव्य थिएन । उनी बालाजुबाट हिँडेका थिए र हिँड्दै चाबहिलतिर पुगे । थकान, प्यास र भोकले उनी लखतरान भएका थिए । उनले इष्टकोट छामे । मुस्किलले उनीसँग हजार रुपैयाँ थियो । एउटा होटलको छेउमा उभिएर चिया खान जाउँ कि नजाऊँ भन्ने दुविधामा परे ।

‘यो एक हजारले म कति दिन खान सक्छु ? भरे सुत्नुपर्ला ? कसले दिन्छ सुत्न ? फर्किउँ क्यारे गाउँतिरै ।’ उनको दिमाग घुम्न थाल्यो ।

‘अहँ, हुन्न, गाउँले सबै मित्र त छैनन् नि । कतिले खुच्चिङ गर्लान् । कतिपय मित्रले छोरोलाई गाली गर्लान् । विचरा छोरो दुनियाँको गाली खाएर उधो लाग्न पनि सक्छ । अहँ जान्न, जे त पर्ला ।’ एकराजले सोचे । उनी होटेलमा छिरे ।
‘के खाने हो बाजे ?’ होटेलका साहुले सोधे ।
‘अलिकति चनाको कतिपर्छ बाबु ?’
‘अलिकति भनेको सानो प्लेटको हो बाजे ? यो त बीस रुपैयाँ पर्छ ।’ साहुले भने ।
‘अनि चियाको नि बाबु ?’
‘चिया कस्तो कालो कि दुध हालेको ?’
‘दुध हालेको बाबु ।’
‘तीस रुपैयाँ पर्छ ।’
‘ल चना र चिया ।’ एकराजले भने र कुर्सीमा बसे ।
निकै बेरपछि चना र चिया आइपुग्यो । एकराजले खाए । पैसा तिरेपछि पनि उनी साहुको मुखमा हेरिरहे । केही बोल्न सकेनन् । निस्केर अलिपर पुगे । ‘हैन कतै यसैमा पो काम पाइन्छ कि ? मान्छे कम देखेको छु । सोधूँ क्यारे !’ एकराज फर्किए ।
‘बाजे फर्किनुभएछ, केही भन्न खोज्नुभएको हो ?’ साहुले प्रश्न गरे ।
‘अँ बाबु एउटा कुरा सोधूँ ?’
‘सोध्नुहोस् न ।’
‘बाबुलाई होटेलमा काम गर्ने मान्छे चाहिएको छ ?’
‘चाहिने त चाहिएको छ तर आएको मान्छे धेरै बस्दैन ।’
‘मलाई राख्नु न त म बस्छु ढुक्कैले ।’ एकराजले भने । एकराजको कुरा सुनेर साहु हाँसे ।
‘यो उमेरमा पनि भाँडा माझ्ने र खाना दिने सेवा गर्नुहुन्छ र बाजे ?’

‘मजाले गर्छु बाबु ।’ एकराजले भने । काम गर्ने स्टाफ नभएर समस्यामा परेका साहुले एकराजलाई राखे ।
बसेर खाने बेलाको बुढो शरीर उदाएदेखि अस्ताएसम्म खट्थ्यो । साँझपख काम गर्ने केटाहरूसँग फोहोर ओछ्यानमा सुत्थे । सुत्दा पनि उनी झोला छोड्दैनथे । सुत्नेबेलामा एकपटक सावित्रीको तस्विर हेर्थे अनि पल्टिन्थे ।

आफूलाई निकाल्ला भन्ने डरले पनि एकराज निकै मेहनत गरेर काम गर्थे । उनको दायाँ कानको सुन्ने क्षमता ह्रास हुँदै गएको थियो । दुध चिया भनेको नसुनेर कालो चिया ल्याउँथे । कालो चिया भनेको राम्रोसँग नसुनेर दुधचिया ल्याउँथे । यसले गर्दा उनको कामले अपजस पाउन थाल्यो ।

एक बिहान होटेल साहुले भने , ‘बाजे तपाईँको कानमा मेसिन राख्नुपर्ने भयो । मेसिनलाई तीस हजार पर्छ । ल दशहजार म राखिदिउँला बीस हजारचाहिँ तपाईँ कमाएर ल्याउनुहोस् । मेशिन लगाएपछि भने फेरि यहाँ काम गर्ने ।’

साहुले हाँसी हाँसी एकराजलाई होटेलबाट दशहजार दिएर निकालेको थियो । एकराजले त्यसलाई पनि अन्यथा लिएनन् । उनी घुम्दै फिर्दै महाबौद्घतिर पुगे । आफूजस्तै एकजना मान्छे भेटे । आफूलाई कामको खाँचो परेको कुरा सुनाए । होटेलमा काम गर्दा उनको हात पटपटी फुटेको थियो । मैलो कपडा लगाएका र खुट्टमा चप्पल लगाएका हुनाले उनलाई काम गर्ने मान्छेकै रूपमा पत्याउन गाह्रो थिएन । उनले भेटेका मान्छे रामेछापतिरका दले कार्की थिए । उनी महाबौद्घबाट होलसेलका पसलबाट सामान लिएर जाने गाडीमा बस्थे र पसलमा पुर्यािउँथे । एकराज त्यही काम गर्न पनि तयार भए । अन्ततः कार्कीले उनलाई एकजना होलसेल साहुजीकहाँ पुर्यारएर र त्यस्तै काम खोजिदिए । एकराज र कार्कीको बास र गाँसमा साझेदारी भयो ।
एकराजको दिनचर्या सामान लैजाने र गाडीबाट बोकेर सम्बन्धित पसलमा पुर्या‍उनेमा गयो । उनी थप बीस हजार कमाएर कानको मेसिन किन्ने कुरा सोच्न थाले ।
एक वर्ष बित्यो एकराजको भरिया जीवनको । उनी एक वर्ष पुगेकै दिन साहुजीको सहयोगमा ध्वनियन्त्र किन्नेवाला थिए । साहुले भनेका थिए ‘तिमीलाई वीर अस्पताल लगिदिन्छु । त्यहाँ डाक्टरले सिफारिस गर्छन् अनि किनिदिऊँला । ल यो सामान बालाजु पुर्याएर फर्क ।’

त्यस दिन गाडीमा धेरै सामान थियो । कार्की पनि सँगै थिए । दुवैजना सामान लोड गरिसकेपछि गाडीभित्र बसेर बालाजुतर्फ लागे ।
सामान भटाभट झारे । गाडीको अघिल्तिर चालकसँग बस्ने लेखापालले सामान रुजु गर्थे एकराज र कार्की सामान बोकेर पसलमा लैजान्थे । सबैजसो सामान पुर्याबइसकेर गाडीको पछिल्तिर उक्लिन लाग्दा एकराजका खुट्टा चिप्लियो । उनी बङ्लङ्ग भुईँमा पछारिए । के भो भन्दै कार्की कराए । गाडीका चालक र लेखापाल पनि पुगे । एकराजका खुट्टा भने लुला भइसकेका थिए । लौ लौ अस्पताल लैजानुपर्योक । गाडीका चालक र कार्की उठाउन लागे । हल्लाखल्ला भएकाले मानिसको भीड जम्मा भइसकेको थियो । एकराज लडेको नजिकै सजीवको हार्डवेयर पसल थियो । सजीव आफैँ पनि मानिस लडेको भनेर हेर्न आइपुगे । उनको आँखा लडेको अनुहारमा टाँसिएको टाँसियै भयो । हार्डवयर साहुजीको नाता सगरमाथा भएर चुलियो र बाउछोराको नातालाई केचनाकलन बनाएर पराजित गर्यो ।

एकराजले हातको इशारा गर्दै झोला मागे । एकराजको झोलाका बारेमा कार्कीलाई थाहा थियो । उनले हत्तपत्त गाडीमा राखिएको झोला झिके र एकराजको हातमा राखिदिए । त्यतिबेलासम्ममा एकराजलाई सजीवसमेत भएर गाडीभित्र राखिसकेका थिए । एकराजले कार्कीसँग झोला खोलिदिन इशारा गरे । कार्कीले झोला खोले । एकराजको लुलो भइसकेको हात झोलाभित्र पस्यो र त्यहाँबाट त्यही सावत्रीको तस्विर बाहिर निस्कियो जसलाई उनले बर्सौँदेखि बोकेर हिँडेका थिए ।

एकराजले विस्तारै मुन्टो उठाए । कार्कीले उनको लुलो हातमा तस्बिर थमाए । एकराजले तस्विरलाई छातीमा च्यापे र आँखा चिम्म गरे । गाडीमा राखेर अस्पताल लैजान ठीक परेका लेखापाल र कार्की एकाएक चिच्याए । ‘दाइ त गए क्यारे ।’

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x