काेमलप्रसाद पोखरेलअत्याधुनिक अधिवेशन र दैनिकी
अहिले प्रत्येक कृषकका घरमा प्रशस्त अन्न-वाली भित्रिएको छ । कृषकका घरमा भएको अन्न अघाउन्जेल खान पाएर मुसो मोटायो अनि यत्रो जन्तु हुन पुग्यो ।

कोमलप्रसाद पोखरेल :
धेरै दिन वाँच्न सके धेरै कुरा देखिदोरहेछ । हामीले उहिलेका कुराहरू देखेका छैनौ र हाम्रा जिजुवराजेले अहिलेका कुरा कल्पना पनि गर्न सकेका थिएनन् । उनीहरू पनि कसैले रामराज्यको संसद्, कसैले धर्मराज युधिष्ठिरको संसद् र कसैले राणा शासनको संसद् देखेका थिये। अहिलेका हामी जस्ता भाग्यवान् मानिसहरुले अत्याधुनिक संसद् सभा र सम्सदीय मूल्य र मान्यता वोकेका सासदहरूले ससदीय गतिविधि पनि देखेका छौं। तपाईहरूले देखे भोगेका अत्याधुनिक सम्सदीय गतिविधि कस्तो छ म भन्न सक्दिन, तर मैले कुनै दिन देखे-सुनेको ससदीय क्रियाकलाप भने “न भूतो न भविष्यति” भन्ने उक्तिलाई चरितार्थ गर्ने खालको छ ।
यस किसिमको संसदीय क्रिया-कलाप त्यस देशको सम्मानित ससद्-सभामा भजेको हो जुन देशलाई भौगोलिक भापामा गोलोभित्रको चेप्टो, वाटुलोभित्रको लाम्चो, हेर्दा सवभन्दा होचो तर नाप्दा सवभन्दा अग्लो मानिन्छ । यसवाहेक त्यहाँ कोही पानीमा पौडन्छन् भने कोही तिर्खाले दौडन्छन् । माथि पुरै ढाक्नु र तलतिर नाङ्गै राख्नु पनि त्यस देशको अर्को विशेषता हो ।
उपयुक्त वर्णनबाट सवैलाई त्यो देश कुन हो भन्ने कुरा थाहा हुन्छ । त्यही देशको ससद-भवनभित्रको ओक दिनको छोटो दैनिकी यहाँ उतारिएको छ –
त्यो दिन अचानक संसद् भवनभित्र अउटा बँदेल सुँगुर बङ्गुरको प्रवेश हुन्छ । त्यस जन्तुको प्रवेशवाट देब्रेदाहिने दुवैतिर बस्ने केही व्यक्तिवाहेक कसैले पनि त्यस जन्तुका वारेका वताउन सक्दैनन् । त्यस दिनको अधिवेशनमा त्यसै नौलो जन्तुका वारेमा छलफल हुनुपरने सर्वसम्मत निर्णय हुन्छ । सभामुखको सोहीअनुसार को घोषणापछि रेडियो नेपालबाट आफ्नो नाम आफ्ना काम सुन्ने बहिरा मतदाताहरुलाई सुनाउन चाहने माननीय सांसदहरूले आलोपालो गरेर आ-आफ्नो नाम दर्ता गराभेपछि तुरुन्त बाेल्ने क्रम सुरु हुन्छ । शासन व्यवस्था चलाउन पाप-धर्म जे-जस्तो भए पनि नरम-करम मिलाउने चलन छ । सो चलनअनुसार ओकातिर वस्ने सासदहरूले पहिला बाेल्ने गर्छन् । तब नवागन्तुक नौलो जन्तुका वारेमा पालैपालो आ-आफ्नो मन्तव्य दिनुपर्नेमा सवैले अकैचोटि न्वारानदेखिको वल प्रयोग गरेको कारणवाट अधिवेशन-स्थलका माइक्रोफोन र कुर्सी, टेवल कच्याक्…. !
“सावधान ! सवैको कुरा अकैजनाले भन्नुहोस्” ! सभामुखको यस्तो भनाइपछि अकातिर वस्ने सांसद प्रतिनिधिवाट यस्तो मन्तव्य आउँछ – “सभामुख महोदय, यो जन्तु हाम्रा विपक्षी सासदहरूका निमित्त सरवथा नौलो होला तर हाम्रा लागि यो केही पनि होइन । मेरा विचारमा यहाँहरुले चिडियाखाना नै नदेखेको हो कि? मैले त चिडियाखानाको दाना-अधिकृत भओर धेरै वरपको अनुभव वलिसकेको छु । हामी सबै ओक मत हो कि यो जन्तसँग हामी परिचित छौ । यो जन्तु हात्ती हो हात्ती । अर्कातिर बस्ने सांसदहरुले ठाडो कान लगाओको देखेर प्रववक्ता सांसद पुनः कड्किन्छन्- “दाना अधिकृतमा काम गर्दा मैले चिडियाखानामा जन्तुहरुको रासनमा चौरासी आसन सोधेको थिए । त अहिले कसरी सारै कम्ती पाउन थालेछ यस हात्तीले । पक्कै पनि रासनको सख्यामा वृद्धि भएको हुनुपर्छ । विचरा । यो हात्ती खानै नपाएर सारै घटेछ । हुन त ओक किसिम महँगीको मारले पनि यसो भजेको हुन सक्छ । जनता पनि यसरी नै खिइँदै गयाे र हामी साम्सदमात्र मोटाउँदै गयौं भने- ! जे होस् अब यसलाई ठूलो पार्ने एकमात्र उपाय छ । हामीमध्ये कसैले यसलाई छ महिना मात्र पाल्यौ भने यो जत्रो थियो त्यत्रै हुन्छ। यसमा हामी जनतालाई यसै सम्मानित सदनमार्फत विश्वास दिलाउन चाहन्छौ ।”
एकातिर बस्ने सांसदहरूको नग्न ठोकाइबाट भग्न टेवलको आवाज र अर्कातिर बस्ने साम्सद्को हाँसोको प्रतिध्वनिवाट प्रदूषित साम्सदको दर्शन-दीर्घामा बस्ने मानिसहरूले हामी चलचित्र मन्दिरमा छौँ भन्ने अनुभव गरे ।
सांसदहरूको खैला र वैला सकिएपछि अर्कापट्टिका एकजना प्रतिनिधि सांसदको वाक्वाण प्रहार सुरु हुन्छ- “सभामुख महोदय, यो प्रजातन्त्रिक व्यवस्था हो । यसमा प्रत्येक साम्सद्को महत्वपुर्ण एवम् अहंभूमिका हुन्छ । आफ्नै कुरा मात्र ठिक, अरुका वेठिक भन्ने परिपाटी सबै किसिमका पार्टीले नत्यागेसम्म साम्सदले व्यक्त गर्नुभएको विचार सोह्रै आना झुटो हो । साम्सद जस्तो गरिमामय पदमा रहने व्यक्तिले मूर्खलाई पनि चित्त नबुझ्ने कुरा गर्नुहुन्छ ? खोइ सुँड, खोइ दाह्रा ? भन्न पाइँदैन । सभामुख महोदय, भनाइ अझ अगाडि बढ्छ अर्का कुरा पनि सुन्न सक्नुपर्छ साम्सद भएर । यता सन्नुहोस् हाम्रो कुरा ।
हामीले अहिले नयाँ कृषि-व्यवस्था लागु गरी सन् २००१ सम्ममा सवैका लागि खाद्यान्न भन्ने अभियान सञ्चालन गरेका छौं । खानलाई धौ-धौ परनु वेग्लै कुरा हो। तर अहिले प्रत्येक कृषकका घरमा प्रशस्त अन्न-वाली भित्रिएको छ । कृषकका घरमा भएको अन्न अघाउन्जेल खान पाएर मुसो मोटायो अनि यत्रो जन्तु हुन पुग्यो । हाम्रो कार्यकालभरिमा यसलाई अझै हेमानको बनाउन सक्यौं भने आगामी आमनिर्वाचनमा वहुमत होइन, त्यसको हजुरवुवा ल्याएर हाम्रो विजय हुनेछ ।
अनि त उपरयुक्त भनाइवाट प्रेसर बढेका अन्य साम्सदहरू सभामुखको अगाडि गजेर सभा अवरुद्ध गर्छन्, धारेहात पार्छन् अनि एक-अर्कामा आँखा तर्छन् । यत्तिकैमा सभामुखबाट सूचना जारी हुन्छ माननीय साम्सदहरू, यस नव आगन्तुकजन्तुका वारेमा सदनका दवैतिर बस्ने साम्सदज्यूहरूबाट बेग्ला-बेग्लै राय व्यक्त भई प्रस्ताव पारित हुन नसकेको हनाले आमसहमतिमा पुग्नु नितान्त आवश्यक ठानी निकट भविष्यमा यसका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने वचनवद्धताका साथ आगामी निर्वाचानभन्दा ३५ दिनपछिसम्मका लागि यो सदन स्थगित भनेको घोषणा गर्छु
।
०००
सुरूङ्गा, झापा
जुही पूर्णाङ्क ४६ (२०५८)
Subscribe
Login
0 Comments
Oldest








































