साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि बन्न खोज्दा

पोसाक गेरू रङको स्वयं भिरी, रुद्राक्ष माला सिउरी गलाभरि । निधार यो चन्दनले सिंगारियो, तथापि फुर्दैन कवित्व, हारियो ।। गोष्ठीहरूमा दिनरात धाइयो, चिया समोसा पनि खान पाइयो । राती हुँदा हन्डर धेर खाइयो, तथापि फुर्दैन कवित्व, हारियो ।।

Nepal Telecom ad

काेमलप्रसाद पाेखरेल :

आजन्म घाँसी हुन घाँस काटियो,
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सबै गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

उन्मुक्त बन्ने म स्वयं भनीकन,
स्वच्छन्द आयामिक धार लीकन ।
सुराग्निमा देह सबै पगालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

विरागमा राग थपी अनेकन,
शून्यत्वमा क्लिष्ट मुछी मनैमन ।
पाण्डित्य शैली नव गाँस हालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

ऐना नहेरी कवि लेख्न थालियो,
वरिष्ट यो शब्द अगाडि हालियो ।
गमक्क गम्की कविता सुनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

चोरी कसैको कविता छपाइयो
झन्डै पुरस्कार त्यसै पकाइयो ।
स्रष्टा महान् बन्न जुँगा मुसारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

पक्वान्न पारी रस छन्द खाइयो,
तथा अलङ्कार अनेक लाइयो ।
उपाधिका साथ अहं थुपारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

प्रभातको शीतल स्वच्छ वातमा,
उद्यानको सुन्दर भाव साथमा ।
पन्छीहरू साथ स्वयं कराइयो
तथापि फुर्दैन कवित्व, हारियो ।।

वसन्तमा कोकिल गीत गाइयो,
हेमन्तको शीत यथेष्ट खाइयो ।
अज्ञानको टिम्टिम दीप बालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

यो राष्ट्रभाषा किन व्यर्थ सिक्नु छ,
विदेशको आङ्गल भाव झिक्नु छ
भनी स्वयं देश विदेश भ्याइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

गरेर चिप्ला महतुल्य भाषण,
ठगेर सोझा जनता जनार्दन ।
नारा उराली जय भन्न लाइयो,
नथापि फुर्दैन कवित्व, हारियो ।।

पोसाक गेरू रङको स्वयं भिरी,
रुद्राक्ष माला सिउरी गलाभरि ।
निधार यो चन्दनले सिंगारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

गोष्ठीहरूमा दिनरात धाइयो,
चिया समोसा पनि खान पाइयो ।
राती हुँदा हन्डर धेर खाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

पहाडका जङ्गलभित्र योछ कि !
नेताहरूका मुखभित्र पो छ कि !
भनेर खोज्दा वय अन्त्य पारियो
तथापि फुर्दैन कवित्व, हारियो ।।

०००
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Komal Prasad Pokharel
Komal Prasad Pokharel
11 months ago

आभारी छु सर !

Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x