साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राँगो दुई ब्याउने !

लेखी ह्यूमर शारदा कलमले चार्ली बनी आउने बन्ने जोकर लोकमा नगरमा पौडेल सम्झाउने मोतीकान्त अशान्त शान्त विजया आहा सुवेदी वरी ! खान्छिन् आज शकुन्तला भगवती जेरी पुरी बेसरी !

Nepal Telecom ad

धनराज गिरी :

काका हाथरसी शशी कपिलजी अर्याल मेरा अरू
पाजी सिद्दु रमाउने गजलमा गोविन्दवादीहरू !
गाम्नागे अवतार लक्ष्मण उही आधार हो सिस्नुको
फित्कौली नरनाथ बानर धनी आत्मीयता बिष्णुको !

औतारी गजुरेल रेल चढियो के के भयो देखियो
चौतारी खकुरेल बा शहरमा साहित्यमा लेखियो
चर्को अर्जुन नून धून रसिलो आधार दादा कदी
तारा भैरव सिर्जना सफरमा श्रीराम दाजी नदी !

काका दीपकराज भन्छ अनिता प्यारी निरौला परी
दीपाको उपकार सार कविता आई कमेडी चरी !
माग्ने एक रमाउने जितु बनी नेपाल चम्काउने
आम्माम्मा महको विचित्र गरिमा आफन्त लम्काउने !

मीठो हास्य बनाउने तिलकले रामेन्द्र जोडी परे
झापाली सुकरात झ्याम्म तगडा मज्जा हुने जन्तरे
सारा खेल मजाक लाग्छ दुनियाँ जोगी उही भ्याउने
हान्ने थप्पड जोकमा अनुजले राँगो दुई ब्याउने !

लेखी ह्यूमर शारदा कलमले चार्ली बनी आउने
बन्ने जोकर लोकमा नगरमा पौडेल सम्झाउने
मोतीकान्त अशान्त शान्त विजया आहा सुवेदी वरी !
खान्छिन् आज शकुन्तला भगवती जेरी पुरी बेसरी !

०००
चितवन, हाल- क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x