साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रिश्चियनले बुनेको हिन्दुजालोमा झण्डै फसेँ !

बाटोमा केटाकेटीलाई पेनहरु बेच्न लगाउने सो संस्था भित्रभित्रै धन्दा चलाउने र बाहिरबाहिर अर्कै नौटंकी गरेर विद्वान मान्छेहरु फसाउने बारे प्रहरीकै ठूलै हाकिमबाट मैले सुनेँ।

Nepal Telecom ad

अमर अधिकारी :

गत मंगलबार ‘दक्षिण कोरियामा विवादास्पद युनिफिकेसन चर्चकी नेतृ पक्राउ’ भन्ने शीर्षक दिएर भयानक अर्थात् डेन्जरनाक समाचार प्रकाशन भयो। चर्चकी नेतृ ८२ वर्षीया हान हाक-जामाथि बर्खास्त गरिएका राष्ट्रपति युन सुक येओलकी श्रीमती किम कियोन हिलाई करिब ५८ हजार अमेरिकी डलर बराबरको दुईवटा च्यानल ब्याग र एउटा हीराको हार दिएको आरोप छ। चर्चका संस्थापक सन म्युङ मुनकी श्रीमती हुन् हान हाक-जा।

अब आफ्नै प्रसङ्ग कोट्याउन मन लाग्यो। २०८२ असार २९ गते दिउँसो १ बजेका दिन ‘पिस एम्बेसी’ नामको एक कथित संस्थाले साहित्यकारहरुलाई भ्रममा पारेर रचनाहरु वाचन गर्न लगायो। कार्यक्रममा केही प्रस्तुतिपछि शुरुमा भ्रम छर्नका लागि कसैलाई प्रयोग गरेर ॐ बाट मन्त्र तथा श्लोक वाचन पनि गराइयो नाटकीय ढंगबाट। एम्बेसी शब्द कुटनीतिक शब्द हो, एम्बेसीको खास अर्थ दूताबास हो, यो शब्द अन्य संस्थाहरुले प्रयोग गर्न मिल्दैन। साहित्यिक कार्यक्रममा वाचन गरिएका साहित्यिक रचनाहरुलाई भिडियोमा उतारेर गरिब बस्तीमा लगेर सोझा सिधा मान्छेहरुलाई देखाउने र तिनीहरुलाई क्रिश्चियन धर्ममा आकर्षित गर्ने अड्कल गर्न सकिन्छ। कतिपय सोझा सिधाहरुसँग बायोडाटा मागेर उनीहरुलाई झुक्याएर कथित ‘शान्तिदूत’ को प्रमाणपत्र दिएका कुराहरु बाहिरिसकेका छन्।

कोरियाको अति नै विवादित संस्था युनिफिकेशन चर्चको पुरानो नाम WWFPU हो भन्ने कुरा मैले खोजिनीति गर्दा यस्तो रहस्य खुल्नआयो। नक्सालमा रहेको पिस एम्बेसी भनिने सो संस्थाको हलको मञ्चमा रहेको ड्यासमा WWFPU-Nepal लेखेको ठूलोखाले स्टिकर टाँसिएको छ। अति विश्वसनीय एकजना शुभचिन्तकले निम्तो गरे बमोजिम म त्यहाँ रचना वाचन गर्न गएको थिएँ। २०८२ भदौको कुनै एक दिन त्यहाँ मैले एउटा मुक्तक वाचन गरेँ। त्यो मुक्तकले तालीको गडगडाहट नै पैदा गर्योँ, तर त्यतिबेलासम्म मलाई झुक्याएर उनीहरुले फाइदा लिन खोजेको भन्ने भेउ पाएको थिइनँ। त्यहाँ अरु केही वरिष्ठ साहित्यकारहरु पनि उपस्थित भएको पाएँ। सायद उहाँहरुलाई सो संस्थाका बारेमा विस्तृत जानकारी थिएन होला।

२०८२ भदौ २१ गते १०:३० मा अर्को साहित्यिक कार्यक्रम भयो, जसमा मलाई ‘अतिथि कवि’ को रुपमा व्यानरमा फोटो सहित मेरो नाम पनि उल्लेख भएको देखियो। म त दंग नै थिएँ, किन कि यो नितान्त साहित्यिक संस्था रहेछ भन्ने ठानेको थिएँ। त्यस दिन मैले चारवटा कार्यक्रम भ्याउनुपर्ने थियो। पहिलो कार्यक्रम विहान ८ बजे बुढानिलकण्ठमा बुढानिलकण्ठ सम्वाद भ्याएर लागेँ कथित ‘पिस एम्बेसी’ नक्सालमा। ‘पिस एम्बेसी’ को भवनमा न साइनबोर्ड छ न त कुनै संकेत। नयाँ मान्छेले त्यहाँ जान सोध्दै र फोन गर्दै जानुपर्ने अवस्था छ। तेस्रोपटक म त्यहाँ पुग्दा गेटमै कलिला किशोर-किशोरीले मलाई विनम्रतापूर्वक स्वागत गरे।

भर्याङ उक्लनुअघि पनि अरु दुई जोडी किशोर-किशोरीले स्वागत गरे। माथि उक्लिएपछि नाम दर्ता गरेर मात्र हलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो। नाम दर्ता गर्दा चलाकीपूर्वक “को मार्फत आउनुभएको हो? कसले निम्ता गर्नुभएको हो?” भनेर सोधियो। हलमा प्रवेश गरेर मध्यभागमा रहेको खाली कुर्सीमा बसेपछि एकजना सुकिलामुकिला मान्छेले मलाई अतिथिको पंक्तिमा रहेको कुर्सीमा बस्न आग्रह गरे। कुर्सीमा ‘रिजर्भड’ भनेर लेखिएको फोटोकपी पेपर राखिएको रहेछ, सो कागज उठाएर म त्यहिँ बसेँ। मैले मनमनै सोच्दैथिएँ “मलाई किन यसरी महत्व दिइएको होला?” भनेर। कार्यक्रम चलिरहँदा मेरो अगाडि आएर क्यामेराम्यानले घरिघरि फोटो र भिडियो लिए।

हाम्रा फोटो र भिडियोहरु लगेर गरिब बस्तीमा देखाउने र क्रिश्चियनहरुको संख्या बढाउने उनीहरुको ध्येय रहेको मैले अड्कल गरेँ। गाउँगाउँमा गएर बायोडाटा मागेर कसैकसैलाई शान्तिदूतको प्रमाणपत्र दिने गरेको कुरा पनि कताकतै पढ्न पाएँ। झुक्याएर शान्तिदूत बनाउने उनीहरुको अनौठो तरिका देखे, मलाई झोँक नै चल्यो। कोरियामा रहेको युनिफिकेशन चर्चको पुरानो नाम नै ‘WWFPU’ रहेछ भन्ने थाहा पाएपछि आइन्दा त्यहाँ नजाने प्रण गरेँ। नाटकीय ढंगले चल्ने त्यस संस्थाको मूल संस्था ‘WWFPU’ सन युङ मुनले स्थापना गरेका रहेछन् भन्ने कुरा बुझेँ। त्यसपछि म बदनाम मान्छेको बदनाम संस्थामा कहिल्यै पनि नजाने निर्णय गरेँ। देखाउने एउटा दाँत र चपाउने अर्को दाँत भएको सो संस्थाबाट सजग रहन अरु साथीहरुलाई पनि सल्लाह दिएको छु। यस्ता धोकेबाज मान्छे र धोकेबाज संस्थाहरुमा फस्ने नेपालीहरु धेरै छन्। क्रिश्चियन धर्मका दलालहरुमध्ये सन्तोष पौडेलसँग झुक्किएर परिचय गरेको थिएँ केही हप्ताअघि। एकनाथ ढकाल र सन्तोष पौडेल नेपालका लागि क्रिश्चियन धर्मका प्रमुख दलाल भनेर चिनिन्छन् भन्ने कुरा बुझिन आयो। बाटोमा केटाकेटीलाई पेनहरु बेच्न लगाउने सो संस्था भित्रभित्रै धन्दा चलाउने र बाहिरबाहिर अर्कै नौटंकी गरेर विद्वान मान्छेहरु फसाउने बारे प्रहरीकै ठूलै हाकिमबाट मैले सुनेँ।

हिन्दूधर्मको नाममा ॐ शब्द प्रयोग गरेर, गाईको फोटो भित्ता टाँसेर सर्वसाधारण लुट्नेहरुको पनि कमी छैन यहाँ। जुन रोग भारतबाट नेपालमा सर्दैआएको छ। धर्मको नाममा लुटिखाने धन्दा नराम्रोसँग मौलाउदै आएको पाइन्छ। नेपालबाट यस्ता नक्कली धर्मभिरुहरुले भारततर्फ करोडौँ-अर्बौँ रकम ओसार्ने गरेका केही प्रमाणहरु मसँग छन्। यस ठगीहरुका विषयमा प्रहरीले पनि कुनै किसिमको कारवाही गर्ने कानूनी आधार नभएको कुरा बताउँदै आएका छन्। धर्मको नाममा जति पनि ठग्न पाइन्छ भन्ने कुरा छर्लंगै छ। त्यसैले आश्रम खोल्नुस्, धाम खोल्नुस्, मीठो बोल्नुस् पैसा ओइरि नै रहन्छ तपाइँको पोल्टामा। किन कि हामी नेपाली ज्यादै नै सोझा छौँ, भ्रमजालमा फस्न सजिलै अगाडि बढ्छौँ। बोल्नेको चामल बिक्छ नबोल्नेको पीठो पनि बिक्दैन भन्ने उखानै छ। तर यो उखान अहिले मिल्दैन, किन कि चामल प्रतिकेजी ८० रुपियाँ पर्छ भने मकैको पीठो १३० रुपियाँमा किनिरहने मान्छे पनि म नै हूँ।
हरि ॐ तत्सत !!!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Krishna Bause
Krishna Bause
1 month ago

राम्रो जानकारी पाएकोले सतर्क हुन सजिलो भयो। धन्यवाद।

Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
1
0
Would love your thoughts, please comment.x
()
x