साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुबाइल ठुँग्न तँछाडमछाड

एउटा मुबाइल नै किन्ने पैसो मर्मतमा खर्च भएपछि बुढाबुढीको झण्डै होस उडेको थियो।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’:

पल्लोघरमा दुईजना बुढाबुढी मात्र बस्छन्। बुढा रिटायर शिक्षक र बुढी शुद्ध गृहिणी, तर पढेलेखेकी र लडे देखेकी पनि। दुनियाँको लडाइ देखिसकेकी बुढीको अनुहारमा सधैँ रिसको पोको देखिन्थ्यो। बुढीलाई अस्ट्रेलियाबाट छोरीले आइफोन र बुढालाई अमेरिकाबाट छोराले स्मार्टफोन के पठाइदिएका थिए, दुबैजना आआफ्ना ती दुबै फोनमा औँलाले ठुँग्नथाले बिहानदेखि बेलुकीसम्म मात्र होइन कि रातिसम्म पनि।

मुबाइल चलाउने लत झनझन बढ्दै जानथालेपछि बुढीले खाना बनाउनै बिर्सने र बुढाले खानै बिर्सनथाले गर्नथाले। दुबैजना मुबाइलको लतमा नराम्रोसँग फसे। बुढीलाई टिकटक बढी हेर्नुपर्ने र बुढालाई युट्युब बढी हेर्नुपर्ने। फेसबुक त दुबैजनाले बराबर घिसारिरहने। बुढाले भूमिगत ट्यांकीबाट छतमा रहेको ट्यांकीमा पानी चढाउने मोटर चलाएपछि मुबाइलका कारण मोटर बन्द गर्नै बिर्सने, कहिले त मोटरै जल्ने र भुईँमुनिको ट्यांकी नै रित्तिने अनि बुढी मुबाइलमा लगातार झुण्डिदा भान्सामा साग भसक्कै डढाएर सेकुवा नै भएको थाहा नपाउने।

बुढीले मेसेञ्जरमा दुई घन्टा आफना दिदीबहिनीसँग गफ गर्दा बुढालाई झोँक चल्ने र बुढा लुकीलुकी कसैसँग च्याट गर्दा बुढीको रिस भ्याटभ्याट गर्ने अवस्था थियो। घरबारै तहसनहस हुने बनाएको त्यो बुढाबुढीको मुबाइल एकैदिन एकैपटक ह्याङ भएपछि भित्तामा ढ्याङढ्याङ ठोकेछन्। घरको आँगनमा रहेका गमलाका फूलका बोटहरु पनि सबै सुकिसकेछन्। मलजल हालेको भए पो हुर्कन्थ्यो र फुल्थ्यो फूल पनि। गमलामा झार उखुल्ने फुर्सद पनि नहुनै दुबैजनालाई, मुबाइल भए पुग्ने र अरु केही पनि नचाहिने।

चौबिसै घन्टा मुबाइलको स्क्रिनमा ठुँगेको ठुँग्यै गरेपछि मुबाइल बिग्रिने नै भयो। एस र नो अप्सनमा जथाभाबी क्लिक गर्दा दुबैको मुबाइलले हावा खायो र अन्ततः मुबाइल मिस्तिरीको शरणमा परे बुढाबुढी। मुबाइल मिस्तिरी पनि के कम? मुबाइलको कोड भाषा बुढाबुढीले नबुझ्ने, जति भने पनि पैसो दिन तयार भए बुढाबुढी, किन कि विदेशबाट छोराछोरीले डलर पठाइदिएकै थिए। एउटा मुबाइल नै किन्ने पैसो मर्मतमा खर्च भएपछि बुढाबुढीको झण्डै होस उडेको थियो।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x