साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो स्वर्ग मेरो घर

केही छैन कमी भएभरछ यो, नेपालमा सम्पदा। मागीखान्छ समाइ थाल सुनको, शासक छ हाम्रो गधा।। केही स्वार्थबिना दया गरिसधै, मागेर को दिन्छर। अर्कोछैन कतै छस्वर्ग भनित्यो हो स्वर्ग मेरो घर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

पर्वतझै छ खडा सधा शरवधा झुक्दैन मेरो सिर।
कम्मरमा खुकुरी भिरेर हिँडदा, हेर्छन् सबैमै तिर।।
छाङाछन् छहरा र भीर पहरा, खोला नदी सागर।
अग्लाछन् चुचुरा उचा गगनझै, हो स्वर्ग मेरो घर।।

आँगनमा फल फूल फल्दछ जहाँ, त्यो देश नेपाल हो।
कंचन्जङ्ग हिमाल पुर्व तटमा, पश्चिम सैपाल भो।।
मेरो देश समान स्वर्ग सरिको संसार अर्को छर?
ठूला पर्वतका समीप भवमा मेरो छ सानो घर।।

माटो हुन्छ छुदा अनाज असली, पत्थर छुएमा हिरा।
हेर्दा बाहिर देख्न नै नसकिने लाग्दैछ खुम्रे किरा।।
मार्नेहो कसरी किरा र धमिरा, मारेर के मर्छ र।
को हो भन्छ मलाइ चिन्न नसकी, नेपालमा हो घर।।

मागी खान्न जहाँ कुनै मनुजले, छन् पौरखी मानव।
बस्दैनन् घरमा कुनै मनुजले, उद्धेम गर्छन् सब।।
खोजे मिल्छ यही सुना र अबरख्, के खोज्न जाऊ पर।
चाँदी फल्छ जहाँ फलाउन सके, त्याँही छ मेरो घर।।

केही छैन कमी भएभरछ यो, नेपालमा सम्पदा।
मागीखान्छ समाइ थाल सुनको, शासक छ हाम्रो गधा।।
केही स्वार्थबिना दया गरिसधै, मागेर को दिन्छर।
अर्कोछैन कतै छस्वर्ग भनित्यो हो स्वर्ग मेरो घर।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x