साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्दैन मेरो मन

लाटा छन् जनता कुरा यि विचरा, पत्याउछन् केगरी। नेपाली हुँ भनी घुसेर दलमा, गर्छन् सधै मनपरी।। देखिन्छन् अनुहार बंशज सबै, नेपालका हुन् जन। नेपाली जन हुन् भनेर कहिल्यै, मान्दैन मेरो मन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

सोचेको मनमा थिए म अबता,होला कि केही भनी।
उस्तैलाग्छ सुधार आखिर यहाँ, देखिन्न केही पनि।।
रैछन् दास बिदेशका नकचरा, थाहा भयो आज यो।
उस्तछन् सबका सबै सदनमा, मान्छे नया ह्याँ छको।।

हो ओल्लो घरको सरेछ पर त्यो, सम्मान खोजी कन।
ज्ञनी हुन्छ कहाँ र मूर्ख जनले, माथा घसी चन्दन।।
चुस्दैमा रस फूलको भन कहाँ मौरी भयो मच्छर।
बानी मानवको छुटेछर कहा, फेरेर जो वस्तर।।

झुक्याई जनको गयो सदनमा, कालो भएको मन।
धेरै आश थियो निरास परियो, भो भ्रष्ट ऊ झन्झन।।
केही सुन्न तयार हुन्न जनका,पीडा र मर्काहरू।
आफ्नाको पद बाँड्छ काफलसरी, के गर्न सक्थ्यो अरू।।

हेर्छन् राम उता बसेर खुसिभै, दासी खटाई यता।
गर्छन् दास भलो चिताइ मनले, ठानेर आफ्ना उता।।
सुन्छन् मालिकका कुरा जतनले, सारै चनाखो बनी।
बेची गोप्य कुरा सबै मुलुकका, बन्छन् तुरुन्तै धनी।।

लाटा छन् जनता कुरा यि विचरा, पत्याउछन् केगरी।
नेपाली हुँ भनी घुसेर दलमा, गर्छन् सधै मनपरी।।
देखिन्छन् अनुहार बंशज सबै, नेपालका हुन् जन।
नेपाली जन हुन् भनेर कहिल्यै, मान्दैन मेरो मन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x