बालकृष्ण खनालपैसा कमाएपछि
ए पैसा नसता दुखी गरिबको, गर्देन माया दया। पैसाले गरदा त भ्रष्ट जनले,झन् भ्रष्ट बन्ने भया।। खाना लाउनको पुगे सब पुग्यो, केगर्नु धेरै पनि। कात्रो सम्म हुदैन घाट पुगदा, खोसिन्छ कात्रो पनि।।

बालकृष्ण खनाल :
कोही हुन्न रहेछ दुष्ट बुझियो, आफू भए सज्जन।
आफ्नै दाजु र भाइ दुस्मन हुने, आफू भए दुर्जन।।
एकै हुन्न रहेछ जीवनसधै, केहुन्छ खैके कुनि।
यस्तै हुन्छरके बुझेन महिले, हामी सबैको जुनि।।
जैले तागत थ्यो सबै नजिकमा, बस्थे हुँ तेरो भनी।
बूढो देह भयो र तागतगयो, बोल्दैन कोही पनि।।
पैसानै सबथोक हैन बुझियो, पैसा सबैथोक हो।
आयो त्यो जमना नभै नि नहुने, पैसा बिना बच्छ को।।
पैसाछन् तर छैन शान्ति मनमा, केकाम पैसा भन।
माया छैन भने छके भनतिमी, बेकर तिम्रो धन।।
पैसाको पछिलाग्छ जो मुनुजले, पाउन्न माया कबै।
माया मोह सबै कुचेर नहिडौँक सोचेर पैसा सबै।।
आफ्नो हुन्छ सबै पराइ भएनी , पैसा कमाएपछी।
आफ्नैले पनि साथ छोड्दछ अरे,पैसा हराएपछी।।
दुष्टैले पनि साथ दिन्छ बुझियो, पैसा भए साथमा।
पैसा छैन भने भुझौ सबजना, थुक्दिन्छ को हातमा।।
ए पैसा नसता दुखी गरिबको, गर्देन माया दया।
पैसाले गरदा त भ्रष्ट जनले,झन् भ्रष्ट बन्ने भया।।
खाना लाउनको पुगे सब पुग्यो, केगर्नु धेरै पनि।
कात्रो सम्म हुदैन घाट पुगदा, खोसिन्छ कात्रो पनि।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































