साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाललाई लुटे

अफ्नै छैन हिसाब जो मनुजको, ऊ जान्छ संसारको। वैज्ञानिक युगमा भनेछ कसले, विज्ञानको हार भो।। बुझ्ने हैन यथार्थ के भनि कबै, रे का पछी दौडियो।

Nepal Telecom ad

बालकृष्ण खनाल :

आए बाहुनहौ भने बिहार तिरका, नेपाल लाई लुटे।
गर्छौ धर्मभनी दुवै तरफका पण्डा हरूले जुटे।।
खाए टन्न भुँडी भरेर यिनले, झोला भरेरै लगे।
शान्ती मिल्छभनेर सजिलै, नेपाल लाई ठगे।।

जुट्ने काम कबै भएन यिनको, हाम्रा भनेका फुटे।
अर्काको हितमा लडाइ लडदै, वैरीहरूको भुटे।।
कैले बिर्टिसको गरेर सहयोग बर्मा र हङ्कङ पुगे।
आफ्नो राष्टियता समेत गुमदा, आफू दुलोमा लुके।।

तेरा पुर्बजको म स्वर्ग दिउला, भन्दै लुटे सम्पती।
कस्ले रख्न सक्यो हिसाब यिनको खाए कतीहो कति।।
कब्जामा जनको लिएर सजिलै, हिड्थे यि घोडाचडी।
अर्काको धनमालमा घरिघरी, गर्थे अरे मनपरी।।

वैज्ञानिक युगमा समेत जनको, उल्लू बनाइ रहे।
छारो देहभरी घसेर ठगने, तिम्रा जमाना गए।।
बिग्रेको छ दशा सुधार गरुला, तेरो दशाको भन्यो।
देखाई सबको त खोट सजिलै, ऊ भाग्यमानी बन्यो।।

अफ्नै छैन हिसाब जो मनुजको, ऊ जान्छ संसारको।
वैज्ञानिक युगमा भनेछ कसले, विज्ञानको हार भो।।
बुझ्ने हैन यथार्थ के भनि कबै, रे का पछी दौडियो।
आध्यात्मिक जनले हिसाब नगरी, पानी बिना पौडियो।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x