बालकृष्ण खनालहैनन् नयाँ यी पनि
झुक्याए जनको पसेर मनमा हौँ राष्टवादी भनी। पर्छन् पाउ सधै पराइ जनको, गर्छन् दलाली अनि।। देख्दैनन् घरमा पराइ जनले हैकम जमाए पनि। सेवा चाकरमा रमेर बहुतै, बस्छन् यि दासी बनी।।

बालकृष्ण खनाल :
राखी नामनया उनै नकचरा आए नयाझै बनी ।
जोडी हात सिधै पसे घरघरै, हामी नयाहौँ भनी।।
झुक्केछन् बिचरा शिधा ति जनता, दाता रहेछन् भनी।
थापी जाल फसाइ जनको, नङ्ग्रा फिजाए अनि।।
रैछन् दुष्ट सबै चिनेन जनले,जाली रहेछन् भनी।
बुझ्ने हैन कुरा अझै पनि कतै, लाटो छ जनता पनि।
मागी भोट जिते उनै असतिले, हौँ सर्वहारा भनी।
गर्छन् शासन जो पुगेर थलमा, सामन्त जस्तो बनी।।
रैछन् दास बिदेशका नकचरा, लाग्छन् उसैकोपछी।
मान्यौँ देव समानयी असतिको, बिग्रेर हाम्रो मति।।
केगर्ने अबयो गरेर पछुतो,जेजे हुनेभैगयो।
केही गर्नु थियो नया किसमले, इक्षा मनैमा रयो।।
मर्नै पर्छ भने मरौ सजनहो यो देशको खाँतिर।
बाच्नेहैन सधै अजम्मरबनी, मर्नेतहो आखिर।।
खोजौँ ती खुकुरी र जाउ रणमा, गोर्खे सिपाही बनी।
भाको छैन चिसो अझैत तनमा, तातो रगत पो छ नि।।
झुक्याए जनको पसेर मनमा हौँ राष्टवादी भनी।
पर्छन् पाउ सधै पराइ जनको, गर्छन् दलाली अनि।।
देख्दैनन् घरमा पराइ जनले हैकम जमाए पनि।
सेवा चाकरमा रमेर बहुतै, बस्छन् यि दासी बनी।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































