साइबर अपराध सम्बन्धी सचेतना सामग्री

 ‘एकताबद्ध भएर अघि बढ्न जनसांस्कृतिककर्मीहरूलाई आह्वान`

संयोजकमा प्रगतिवादी साहित्यकार प्राडा प्राज्ञ खेमराज खनाल र सहसंयोजकमा जनवादी कलाकार खुश्बु राईलाई चयन गर्दै ७५ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

Nepal Telecom ad

सुनसरी, इटहरी । जनसांस्कृतिक महासङ्घ नेपाल १ नं.(कोसी) प्रदेशको एकता बैठक सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्यतापूर्वक सम्पन्न भएको छ।

बैठकले संयोजकमा प्रगतिवादी साहित्यकार प्राडा प्राज्ञ खेमराज खनाल र सहसंयोजकमा जनवादी कलाकार खुश्बु राईलाई चयन गर्दै ७५ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ। यस प्रदेशका १४वटा जिल्ला र महासङ्घका ७ वटा आङ्गिक सङ्गठनहरूलाई समेटेर सङ्गठन विस्तार गरेको हो ।

महासङ्घमा जनसाहित्य सङ्घ नेपाल,जनपक्षीय चलचित्रकर्मी सङ्घ,जननाट्यकर्मी सङ्घ नेपाल,इतिहास तथा समाजशास्त्र सङ्घ नेपाल,जनकलाकार सङ्घ नेपाल ,भाषा तथा लोकवार्ता सङ्घ नेपाल र ललितकला सङ्घ नेपाल आङ्गिक सङ्गठनको रूपमा रहेका छन् ।

प्रमुख अतिथि,जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय इन्चार्ज चिरन पुनले बैठकलाई सम्बोधन गर्दै जनसांस्कृतिक महासङ्घको एकता ,लेखक र कलाकारले आफ्ना सिर्जनामार्फत क्रान्तिकारी विचार र सांस्कृतिक रूपान्तरणमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।उहाँले आधुनिक प्रविधिमैत्री हुँदैन हाम्रा सिर्जना र गतिविधिलाई अघि बढाउन र समय-सापेक्षित अघि बढ्ने सहास निर्माण गर्नु नै सँच्चा सर्जकको भूमिका रहेको उल्लेख गर्दै सङ्गठनले मात्रै सामर्थ्य पैदा हुने बताउनुभयो । प्रमुख अतिथि पुनले गीत ,सङ्गीत ,साहित्य र कला सिर्जनालाई पनि उत्पादन र प्रविधियुक्त बनाएर अघि बढ्नुपर्ने बताउँदै सांस्कृतिककर्मीहरूको गौरवमय इतिहासलाई जीवन्तता दिई बदलिँदो परिस्थितिमा पनि प्रगतिवादी सांस्कृतिक क्षेत्रलाई उचाइमा पुर्याउन जोड दिनुभयो ।

विशिष्ट अतिथि, जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिका संयोजक भीम कुमाखीले जनसांस्कृतिक महासङ्घ नेपालको एकता, साङ्गठनिक प्रकृया, वैचारिक पक्षका बारेमा सशक्त भएर लाग्न र सङ्गठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

सभाध्यक्ष, जनसांस्कृतिक महासङ्घ नेपाल, १ नं.(कोसी) प्रदेश समितिका इन्चार्ज घनराज सुब्बाले महासङ्घ बिचको एकता र प्रतिभाको प्रस्फुटनमा जोड दिँदै जनपक्षीय सर्जकहरूलाई समेट्ने बारेमा आफ्नो धारणा राख्नुभएको थियोे।
जनसांस्कृतिक महासङ्घ नेपाल १नं. (कोसी)प्रदेश समितिका निवर्तमान अध्यक्ष, महासङ्घ केन्द्रीय कार्यालय सदस्य तथा प्रकाशन विभाग प्रमुख चेतनाथ धमलाले बैठकको सञ्चालन गर्दै आफू अखिल नेपाल लेखक सङ्घ, १ नम्बर प्रदेश अध्यक्ष, इन्चार्ज र प्रदेश महासङ्घको उपाध्यक्ष ,काबा अध्यक्ष तथा अध्यक्ष भएर सङ्गठनको निर्माण र विस्तार गरेक‍ो अनुभव सुनाउँदै महासङ्घका निवर्तमान उपाध्यक्ष प्राडा खेमराज खनाल जस्तो विज्ञ प्रगतिवादी लेखक, साहित्यकारलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफूलाई गर्वबोध भएको बताउनुभयो।

साथै,अभिलेखिकरणका प्रारम्भ भएका कामहरू छन् ,तिनलाई पूर्णता दिँदै अवसरवाद विरुद्ध उभिन जोड दिनुभयो ।यस प्रदेश महासङ्घको साङ्गठानिक जीवनमा केही उत्तारचढाव देखा परेको छ । जस्तोसुकै आँधी र तुफानसँग पनि नहारेका कैयन् जनसांस्कृतिककर्मीहरूले अग्रगमन, १० वर्षे जनयुद्ध, मधेस विद्रोह र सडक सङ्घर्षमा पनि बलिदानपूर्ण योगदान गरेर उचाइ हासिल गरेको सर्वविदितै छ।

अहिले नवउदारवादका नाममा फासिवाद जन्मिने सन्त्रास त्यतिकै छ।कुनै पनि बेला कला,गीत,सङ्गीत र कविताको माध्यमबाट प्रतिरोध गर्दै सडक सङ्घर्षमा उत्रिनुपर्ने समय आउन सक्छ ।यसका लागि पनि मानसिक रूपमा तयार हुँदै गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

महासङ्घका नवनिर्वाचित प्रदेश संयोजक खनालले आफूले जस्तोसुकै परिस्थितिमा जनसांस्कृतिक महासङ्घ नेपाल १ नम्बर (कोसी )प्रदेशलाई वैचारिक र साङ्गठानिक दृष्टिकोणले चलायमान र गतिशील बनाउने प्रतिबद्धता जाहेर गर्दै जुनसुकै जटिलतासँग पनि जुध्न अाफू तयार रहेको बताउनुभयो।

जनसांस्कृतिक महासङ्घ नेपाल १ नम्बर (कोसी) प्रदेशको एकता बैठकले टुटफुट र विभाजनविरुद्ध जनसांस्कृतिककर्मीहरू सधैँ एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

०००
दुरविन शर्माकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x