साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चमा राष्ट्रकवि घिमिरे जयन्ती विशेष कविगोष्ठी

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा.डा. जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा कविगोष्ठी सम्पन्न भएको थियो ।

Nepal Telecom ad

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६२ औँ प्रविधिमैत्री १०८ औँ राष्ट्रकवि माधव घिमिरे जयन्ती विशेष कविगोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा.डा. जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा कविगोष्ठी सम्पन्न भएको थियो ।

लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाले आयोजना गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, मुक्तक, चारु, लोकछन्दका कविताहरू प्रस्तुत गरिएका थिए । साथै राष्ट्रकवि माधव घिमिरेका सिर्जनाहरू पनि वाचन गरिएको थियो । रचना देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्धका थिए ।

गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरू निम्न अनुसार रहनुभएको थियो ।
१) जीवन अधिकारी – असारे झ्याउरे – मेरो द्यौता ।
२) बमबहादुर थापा जिताली – मन्दाक्रान्ता – धन्य तिम्रो हियारा ।
३) कलानिधि दाहाल – अनुष्टुप् – श्रद्धा सुमनका मुना ।
४) देवी पन्थी – लोक छन्द – मान्छेको भीड ।
५) पुरुषोत्तम सिग्देल – स्रग्विणी – माधव ।
६) गङ्गा लिगल – स्वच्छन्द – आकाङ्क्षा ।
७) गणेश आत्रेय – मात्रिकछन्द ललित – पर जा ।
८) दुर्गाप्रसाद सिग्देल – मात्रिकछन्द द्विपदी – वयको मेला ।
९) जगदीश्वर पोखरेल – स्रग्विणी – राष्ट्रका सर्जक ।
१०) कृष्णप्रसाद मिश्र – सुधाकलश –प्रियवर जिन्दगी ।
११) चूडा निर्भीक – मञ्जुला – समाज ।
१२) पवनकुमार बुढाथोकी – मुक्तक ।
१३) ललिता खरेल – स्वच्छन्द – ए बूढी ।
१४) हरिखनाल – शुभकामना ।
१५) घनश्याम पौडेल – स्रग्विणी – राष्ट्रकविप्रति ।
१६) खुसीराम डौलिया – स्वच्छन्द – झझल्को ।
१७) वीरबहादुर लोहनी – सवाई – जन्मदाता मातापिता ।
१८) जानुका थापा – असारे झ्याउरे – सम्झनामा राष्ट्रकवि ।
१९) लक्ष्मीप्रसाद मिश्र – सुसेली – राष्ट्रकविलाई सम्झिदा ।
२०) सुधा बाँस्कोटा ढकाल – ललना – वर्षा ।
२१) बिनुबाबा घिमिरे – दिक्पाल – आगो निभ्यो चुह्लोमा ।
२२) भोजराज न्यौपाने – अनुष्टुप् – ज्येष्ठ नागरिकको पीडा ।
२३) नवराज पौडेल – स्वच्छन्द – अनाम पीडा ।
२४) सुरेशचन्द्र घिमिरे – असारे झ्याउरे – राष्ट्रकविको सम्झना ।
२५) रामकृष्ण अधिकारी – शुभकामना र राष्ट्रकविको सिर्जना ।
२६) युवराज घिमिरे – शुभकामना ।
२७) चन्द्रावती अधिकारी – शार्दूलविक्रीडित – पुस्तुन ।
२८) युवराज कोइराला – शुभकामना ।
२९) धनराज डौलिया – शुभकामना ।
३०) डि. बी. कार्की – शुभकामना ।
३१) कल्पना भट्टराईं – शार्दूलविक्रीडित – श्रद्धाञ्जलि वन्दना।

प्रमुख अमन्त्रित अधिकारीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । राष्ट्रकविले साहित्यमा गरेको योगदानको चर्चा गर्नुभयो । ऋतम्भरा महाकाव्यबाट केही पद्य वाचन गर्नुभयो । वाचित कविताको संक्षिप्त समीक्षा गर्नुभएको थियो । अभ्यासले सिर्जना खारिदै जान्छन् भन्नुभयो ।

अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थाकाे अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाइदिनुहुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नुभएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x