साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

को होला र यो टोलमा तराजु नाम गरेको मान्छे ? फेरि पसलपसलमा डिजिटल वेटिङ मेशिन आइसक्यो।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’ :

(बिहान अचानक भुइँचालो आएपछि)
श्रीमतीः ए बुढा छिटो छिटो निस्कौँ, बाहिर नत्र त ज्यान जान्छ।
श्रीमानः पख न ह्याँ कम्प्युटरमा टाइप गरेको तीन पेजको फाइल सेभ गरेर निस्कन्छु तिमी निस्कदै गर।
श्रीमतीः हरे ज्यान जाएगा नही छोडेगा भनेको यही हो। फाइल सेभ गर्ने कि ज्यान सेभ गर्ने?

(कक्षामा पढाइ भैरहँदा)
शिक्षकः भन त राजु, तिमीलाई भटमास मन पर्छ कि कालो मास ?
राजुः दुईटै मन पर्दैन मलाई त, मलमास मन पर्छ सर। मलमास महिनामा दुईटा संक्रान्ति हुने भएकोले टीका लगाएर दक्षिणा पाइने भएर।

(टोलमा एक साथी भेट्न आएपछि)
आगन्तुकः यो टोलमा तराजुको घर कुन होला ?
पसलेः को होला र यो टोलमा तराजु नाम गरेको मान्छे ? फेरि पसलपसलमा डिजिटल वेटिङ मेशिन आइसक्यो।
आगन्तुकः उहाँको पूरा नाम तर्क राज जुम्ली हो, अन्त पनि जानुपर्ने भएर हतारमा छोटकरीमा तराजु भनेको।

(एक अधिकृत मिलमा जाँदैगर्दा)
खरिदारः हाकिम भएर थैलो बोक्दै कुटानीका लागि मिलमा जान सुहाउँछ हाकिमसाप ?
अधिकृतः हाकिम मिलमा गएर पिस्न नपाइने कुन कानुनको कुन दफामा लेखिएको छ देखाउनुस् त ! तपाईँ जस्ता मान्छेले नचाहिँदो सोँच राख्नाले देश पछाडि परेको हो, बुझ्नुभो ?

(आन्दोलनकारीहरु माइतिघर मण्डलामा)
पत्रकारः केको आन्दोलन हो फेरी आज ?
आन्दोलनकारीः ‘फल’ लाई फलफूल भन्ने काम बन्द गरियोस् ‘फल’ र ‘फूल’ नितान्त फरक वस्तु हुन्। आजको हाम्रो आन्दोलन यसमै केन्द्रित छ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 day ago

रमाइलो लाग्यो । सबैभन्दा रमाइलो चै ‘तराजु’ लाग्यो ।

Nepal Telecom ad
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x