साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुष्ट गाथा

अफिसको हाकिम र अरू–अरू लिपिबद्ध गर्दै छन् दुष्टगाथा कृपया सुन्नोस्— दुष्टगाथा । यो बन्द गर्न अघि बढेको जुलुस तितरबितर भइसक्यो र चालू छ, सुन्नोस्— दुष्टगाथा ।

Nepal Telecom ad

श्यामल :

ध्यानमुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ— कतै छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरका नाममा सयौँ पटक
जसको महलको जगमा छन्
करोडौँ मानिसका
कङ्क्रिट भइसकेका खप्परहरू
र जसले उभ्यायो बङ्गला
अरूका स–साना घरका भित्ताहरूबाट
झिकेर इँटहरू
सुन्नोस् दुष्टगाथा ।

यो सुन्दर पृथ्वी
र यसका जङ्गलका हरिया फाँटहरू
अग्ला–अग्ला हिउँका पहाड
जोडले बग्ने नदीहरू
र खेतका पहेँलपुर फाँटहरू
सबैको सौन्दर्य निचोरेर
जसले पिउन सक्छ
गर्मी याममा चिसो सर्बत
जसले जाडो छल्न सक्छ
ओढेर न्याना कम्बलहरू
जसले सुटुक्क चोर्न सक्छ
अरूका आँखाका नानीहरू
र जसले गाउन सक्छ सन्ध्याकालमा भजन
जसले आफ्ना तीखा नङले झिकेर फाल्छ
आफ्नो पुरानो काँचुली
तपाईंहरू पनि सुन्नोस्
दुष्टगाथा ।

जहाँतहीँ
गाउँ–सहर, जताततै
फैलिन्छ दुष्टगाथा हरेक प्रहर
मानिसको शरीरमा पढ्न सकिन्छ— दुष्टगाथा
वायुतरङ्गबाट सुन्न सकिन्छ— दुष्टगाथा
रेडियोलाई थाहा छ
यो कुन दुष्टको मौसम हो
क्यासेटमा सुरक्षित हजारौँ दुष्टहरू
अर्को नयाँ दुष्टको प्रतीक्षामा छन्— दराजमा
र अर्को दुष्ट नयाँ काँचुलीमा प्रकट हुन्छ
अखबारको सम्पादक
अफिसको हाकिम
र अरू–अरू
लिपिबद्ध गर्दै छन् दुष्टगाथा
कृपया सुन्नोस्— दुष्टगाथा ।

यो बन्द गर्न
अघि बढेको जुलुस
तितरबितर भइसक्यो
र चालू छ, सुन्नोस्— दुष्टगाथा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
0
Would love your thoughts, please comment.x
()
x