साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गीत्कौली

जिब्रोलाई सन्तोष दिन मीठो किन खानु ? ऋण लिएको नगदले अस्पताल किन जानु ? घाट जान हतार गर्नु राम्रो काम हो र ? स्वादे जिब्रो अल्छे तिघ्रो गल्ती किन भो र ?

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’:

जाँतोमा पिसेको पीठो आटो बिर्सियौँ
मकै अनि जौँको त्यो सातु बिर्सियौँ।
मीठो मान्दै बर्गरमा छिटै पल्कियौँ
आधुनिक जीवनशैली….तिर ढल्कियौँ।

पानीपुरी चटपटेले ज्यानै बिगार्‍यो
चाउमिनले रोगहरुको अस्त्र तिखार्‍यो।
चाउचाउ र कुरकुरेले अनेक थरि रोग
मनमा लिनुस् सत्य कुरा नठान्नुस् है जोक।

मैदाबाट बनेका ती परिकार नै जोखिम्
जानीजानी हामीले त्यस्तै वस्तु रोजिम्।
गलती त हाम्रै हो नि मीठो मात्र खोज्ने
गुणकारी तीतो-टर्रो कहिले होला रोज्ने ?

जिब्रोलाई मात्र होइन ज्यानलाई चाइयो खास
नदेखोस् है समाजले अकालमै लास।
अस्पतालमा भीडभाड छ खान नजान्दामा
बालबालिका पनि त्यस्तै भन्या नमान्दामा।

व्यायाम छैन कर्म छैन अबेरसम्म सुत्ने
काम परेपछि मात्र कर्मक्षेत्र कुद्ने।
विषादीले भित्री अंग सडिराछन् हाम्रा
सुकिला वस्तु मात्र भन्छौँ राम्रा राम्रा।

जिब्रोलाई सन्तोष दिन मीठो किन खानु ?
ऋण लिएको नगदले अस्पताल किन जानु ?
घाट जान हतार गर्नु राम्रो काम हो र ?
स्वादे जिब्रो अल्छे तिघ्रो गल्ती किन भो र ?

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x