भीम गाैतमल्वाँठहरूले
ल्वाँठ ! सत्यनास बनाइस् स्वाङ नपार ल्वाङ टोक्दै मुख पुछ्दै्छन् यी हरामखाेर ल्वाँठहरूले देश कता लाँदैछन् ?

भीम गौतम :
ल्वाँठहरूले पिएको देश
ल्वाङ टोक्ने र
नोट पिउने लाई
मस्तिमा बसेर
चोटातिर हेर्ने
गुण्टे गुटेलाई
लोटाएर घोटाएर
ओठ उक्काउँदै चोट दिन
पाखुरामा पाइन लगाए
कस्सिएको मान्छे
मस्तीमा बसेर
सास्ती दिन पल्किएका
असुरलाई
भोकलाई अझ भोको बनाउँदै
चियाको चियो …
दारू तान भारू कान उखेल्न
कान कुदाएर सुन्ने
मुख उद्ध्याएर बोल्ने
आँखा जुधाएर टोल्ने
नाक चुहाएर हेर्ने
दाह्री फालेर सारी खोज्ने
निर्लज्ज नक्कले
लाली लगाएर
मिनिस्कटमा सजिएकी
कालीसँग …
थुक्क, धिक्कार छ तँलाइ
देश सिद्धाएर बसिस्
सुरताल बिगारेर धोकिस्
नामलाई दुर्नामले पोतिस्
घुर्रा चिलिममा हालेर
राष्ट्रिय स्वाभिमान बेचिस्
सैतान .. सिल्ली
कठै असजिलो बनाइस् त
उज्यालो लोकतन्त्र ??
ल्वाँठ !
सत्यनास बनाइस्
स्वाङ नपार
ल्वाङ टोक्दै
मुख पुछ्दै्छन्
यी हरामखाेर ल्वाँठहरूले
देश कता लाँदैछन् ?
०००
चितवन, भरतपुर
२०८३/०२/२९
Subscribe
Login
0 Comments
Oldest








































