साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विनाशको विरुद्धमा

मृत्यु समाधि घाटसम्मको निश्चित अन्तिम अन्तरङ्ग साथी हुनु छ भने फाटेको मनलाई सिएको सान्त्वनाले परिवर्तन चाखेर किन रोप्नु पर्याे र सृष्टि ? अनि, किन हुर्काउनु पर्याे बेर्ना ?

Nepal Telecom ad

भीम गौतम :

ढोंगीहरु
बगरको ढुङ्गालाई
सर्वश्व ठानेर
फूलको मुन्टो भाँच्दै
नतमस्तक निहुरिँदै
टापी मन्त्रले
थरथर हल्लिँदै
निधार घोट्छन्
आजका ढोंगी मान्छे ।

फुलेका फूल मास्दै
मानव वस्ती
बारुदको धुवाँले
प्रजातन्त्रको खिल्ली उडाउँदै
पापड र पानीको राहतमा
अखबारको अघिल्लो पन्नामा
हैकम जमाएर
हल्लिखल्ली मच्चाउँछन्
आजका ढौंगीहरु ।

फूल नै टिप्नु र
मानव बस्ती डढाउनु छ भने
किन चाहियो फूलमाली ?
अनि, किन गर्नु पर्यो
आमाहरुले गर्वको बखान र
भ्रूण संरक्षण,
योनी फुटाएर जन्मिएको सन्तानले
जब सृष्टि विध्वंश गर्न खोज्छ र
बारुद बोक्न उठ्छ भने
आमा, किन बगाउनु पर्यो रजस्वला ?
सुकाइदेऊ तिम्रा डिम्बहरु
अनि,
लगाइदेऊ तिम्रो पाठेघरमा तगारो ।

जीवनभरि
भयले कामेर
मृत्यु समाधि घाटसम्मको
निश्चित अन्तिम अन्तरङ्ग साथी
हुनु छ भने
फाटेको मनलाई सिएको सान्त्वनाले
परिवर्तन चाखेर
किन रोप्नु पर्याे र सृष्टि ?
अनि,
किन हुर्काउनु पर्याे बेर्ना ?

गहन यो वात्सल्य
अब बेढङ्गले हेपिन्छ भने
किन कल्पना गर्नु पर्यो छोरा ?
किन हुर्काउनु पर्यो छोरी ?
निर्लज्ज पासविक पुरुषमा पोखिएर
नारी केवल पौडने पोखरी मात्र बन्ने हो भने
अद्भुत जीवनको के मूल्य रह्यो र… ।

तसर्थ, आमा, नारी
ठोकिदेऊ ताल्चा
बन्द गरिदेऊ,
पुछिदेऊ, सुकाइदेउ
तिम्रा ती सन्तान बन्ने
मस्त यौवनका रसहरु ।
अब खोल्सा खोला नाला र
जङ्गलमा सर्वनाश भएर,
स्याल र सैतानहरुको सिकार नबन्न ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x