साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकारी चोरै चोर

सिल्लीले इमान बेचेछ बेइमान पिएछ चोर्दै चोर्दै दुला दुला छिर्दै छिमेकिको पो भकारी भर्दिएछ  हेर्दा हेर्दै बोतल भर्‍यो र बिर्को फेर्‍यो अर्काको आँखा धोकेबाज देख्दै बोल्दा बोल्दै लर्बराउँछ ।

Nepal Telecom ad

भीम गौतम :

गनाएर बसिसक्नु भएन
लुटतन्त्रको रजाइँमा
गुटतन्त्रको नाइके
गफैगफको तालमा
बुच्चे दिमाग
लुच्चो थुतुनाले
लाद्रो पड्किने गरेर घिचेछ ।
बारी टारी चियाबारी
चोटा पिँढी र
बार्तलीमै छरपस्ट छेरेछ ।
सिल्लीले
इमान बेचेछ
बेइमान पिएछ
चोर्दै चोर्दै
दुला दुला छिर्दै
छिमेकिको पो
भकारी भर्दिएछ
हेर्दा हेर्दै बोतल भर्‍यो
र बिर्को फेर्‍यो
अर्काको आँखा
धोकेबाज देख्दै
बोल्दा बोल्दै लर्बराउँछ
अन्त्यमा
सडेरै गनायो
कुहिएर नै मर्ने भयो ।

०००
चितवन, भरतपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x