साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ निर्लज्ज बन्छ

सारा भिर कान्ला टारी बारी खरबारीमा आगो झोस्दै उजाड छायाँले तर्साउँदै ऊ निर्लज्ज बन्छ सपनामा बर्बराउँदै बिपनामा स्वाँफ्वाँ गर्दै खोट बोक्दै ठुटो हुँदै उग्राइरहन्छ

Nepal Telecom ad

भीम गौतम :

भाँच्चिएको ढोकाको छेस्किनी
पसिरहन्छ हुर्र हुर्र बतास
उडाइदिन्छ अगेनाको खरानी
आत्तिएर दुबै हात फैल्याएझैँ
अङ्गारले आगो बटुल्छ
फोक्सो मुटुमा कलेटी पर्ने गरि

ऊ डुक्रिएको छ
फुस्कट झै गरेर
उसकाे कोप्चे ओडारले स्यान खायो
कान सहितको कानेगुजी
फु ले धक्का दिँदा
ऊ ढल्न खोज्दछ
डरले बेहिसाव तर्सिन्छन् उसका कान
हल्लिन्छन् बटारिन्छन्
ऊ बतास उडेर हराउँछ ।

पानी उसकाे वर्ग दुस्मन
आरनमा फलाम पोल्दा निस्किएको
आगोको झिल्का झै
निस्किन्छ उड्छ हराउँछ
चड्किनु भुँमरि झिक्नु ,
ऊसको बानी हो
डड्याङ डुडुङ्ग गर्नु र
ठोकिदै ठोकिदै बर्सिनु
उसकाे खेती हो
आफ्नै ओढारमा
असिना झारेर
सारा भिर कान्ला
टारी बारी खरबारीमा
आगो झोस्दै

उजाड छायाँले तर्साउँदै
ऊ निर्लज्ज बन्छ
सपनामा बर्बराउँदै
बिपनामा स्वाँफ्वाँ गर्दै
खोट बोक्दै ठुटो हुँदै
उग्राइरहन्छ
डसिरहदै बाँचिरहन्छ ।

०००
चितवन, भरतपुर
२०८१/०९ /२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x