भीम गाैतमऊ निर्लज्ज बन्छ
सारा भिर कान्ला टारी बारी खरबारीमा आगो झोस्दै उजाड छायाँले तर्साउँदै ऊ निर्लज्ज बन्छ सपनामा बर्बराउँदै बिपनामा स्वाँफ्वाँ गर्दै खोट बोक्दै ठुटो हुँदै उग्राइरहन्छ

भीम गौतम :
भाँच्चिएको ढोकाको छेस्किनी
पसिरहन्छ हुर्र हुर्र बतास
उडाइदिन्छ अगेनाको खरानी
आत्तिएर दुबै हात फैल्याएझैँ
अङ्गारले आगो बटुल्छ
फोक्सो मुटुमा कलेटी पर्ने गरि
ऊ डुक्रिएको छ
फुस्कट झै गरेर
उसकाे कोप्चे ओडारले स्यान खायो
कान सहितको कानेगुजी
फु ले धक्का दिँदा
ऊ ढल्न खोज्दछ
डरले बेहिसाव तर्सिन्छन् उसका कान
हल्लिन्छन् बटारिन्छन्
ऊ बतास उडेर हराउँछ ।
पानी उसकाे वर्ग दुस्मन
आरनमा फलाम पोल्दा निस्किएको
आगोको झिल्का झै
निस्किन्छ उड्छ हराउँछ
चड्किनु भुँमरि झिक्नु ,
ऊसको बानी हो
डड्याङ डुडुङ्ग गर्नु र
ठोकिदै ठोकिदै बर्सिनु
उसकाे खेती हो
आफ्नै ओढारमा
असिना झारेर
सारा भिर कान्ला
टारी बारी खरबारीमा
आगो झोस्दै
उजाड छायाँले तर्साउँदै
ऊ निर्लज्ज बन्छ
सपनामा बर्बराउँदै
बिपनामा स्वाँफ्वाँ गर्दै
खोट बोक्दै ठुटो हुँदै
उग्राइरहन्छ
डसिरहदै बाँचिरहन्छ ।
०००
चितवन, भरतपुर
२०८१/०९ /२०
Subscribe
Login
0 Comments
Oldest








































