साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्दनी दिवस

यो सम्पूर्ण नेपालीले मात्र नभएर सन्सारको मान्छे शभ्यताको सुरुवात गरेको चिजको दिवस किन नमनाउने ?

Nepal Telecom ad

बालकृष्ण खनाल :

कान्छा रामजाली हिजो बिहानै हातमा कापी र कलम समाएर भेटेजतिकालाई हस्ताक्षर गराउदै हिँडेको देखर म पनि दौडदै उनको नजिकै गएर सोधेँ।
हैन हो कान्छा दाइ केको हस्ताक्षर गराउदै हिँड्नुभएको छ ?

अनि उनले मतिर पुलुक्क हेर्दै भने- अहो बाहुनभाइ म टिम्रै घरटिर जाउला भनेठ्या, टुप्लुक्कै भेटियो गाँठे।
ढुङ्गो खोज्डा डेउटा मिलेजस्टो भतटनी गाँठे लौ टिमी पनि हस्टक्षर गरट ।

केको हस्ताक्षर हो कान्दाइ कुरा त बुझाउनु पैला ।

सुन्नेनै हो भने लौ सुन म सुनाउछु भन्दै उनी पढ्नलागे।
बाहुनले पनि जनेउ लगानु भन्डा पहिला कन्दनी लगाएको हो नि ट।

यो कुराट सबैलाइ जगजाहेरै छ। परापूर्बकालमा जनेउ टोपी भोटी कछाड आदि आदि नलगाए केही फरक पर्डैनथियो। तर कन्दनी लगाउन आवस्यक थियो।
किनभने कन्डनीले लगौटी रोक्ठ्यो लगौटीले लाज छोप्ठ्यो। अरुसबै भन्दा कन्दनी जेठो पनि त हो।
त्यस्कारण कन्डनी डिवस किन नमनाउने ?

यो सोझै जातिय भेदभाव हो भन्ने हामीलाइ लाहिरा छ।
आफू बाहुन क्षत्रीले लगाउने भएको हुँदा जनेउ डिवस भनिर बिदा दिने। कैले टोपी डिवस रे कैले ढोटी डिवस रे। यो कन्दनी त सम्पूर्ण जात जातिले लगाउछ यो डिवस किन नमनएको हो ट ?

यो कन्दनी बाहुन, क्षत्री, जनजाती दलित,आदिवासीले लगाउछ र नि । कन्डनी डिवस नमनाउने किन ?
यो सम्पूर्ण नेपालीले मात्र नभएर सन्सारको मान्छे शभ्यताको सुरुवात गरेको चिजको दिवस किन नमनाउने ? त्यही भैर जतिसक्यो धेरैको हस्ताक्षर गराइर कन्डनी डिवस मनाउनैपर्छ र त्यो दिन सार्बजनिक बिडा डिनुपर्छ ।

यही भनिर ग्यापनपत्र बुझाउन देलिकेस लिएर जाँडैछु भाइ म ट कस्टो होला पो भन्छन् त ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x