सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठाेक्तक

भो पुग्यो कुनै विवाद र प्रतिवाद नगरी दिनुस् उहाँलाई आफ्नै विरासत पनि अब भारी हुँदैछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
आकाशतिर फर्केर थुक्नेहरूले थुक्दै रहन्छन्
ठाडा शिर उठ्छन् झुक्नेहरू झुक्दै रहन्छन्
नरोकेर यात्रा जारी राख्नुस् पुग्नुस् शिखरमा
भुक्नैका लागि खटेका छाउरा भुक्दै रहन्छन् ।

२.
आफ्नै सनदले आफैँलाई मूलपुरोहित दरेपछि
मन्द्राएको बहरसरि गर्नु नगर्नु उपद्रो गरेपछि
झुसिल्किरा पो रुपान्तरण गर्छ कुमालकोटीले
हायलकायल हुन्छ बच्छिउँको अगाडि परेपछि ।

३.
वैलाएर सडी जाने फूल नमेटिने चिनो हुँदैन
मनको परिधि कहिल्यै मोटो या मसिनो हुँदैन
आफ्नाझैँ लाग्ने गर्छन् कुनै अनजान पनि तर
हक जनाउने कुनै सम्बन्ध तथा साइनो हुँदैन ।

४.
चुहियो कि फुट्यो खै गाग्री पनि झारी हुँदैछ
लाग्दैछ क्रमश रित्तो पाखण्डको भकारी हुँदैछ
भो पुग्यो कुनै विवाद र प्रतिवाद नगरी दिनुस्
उहाँलाई आफ्नै विरासत पनि अब भारी हुँदैछ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
विषवृक्ष

विषवृक्ष

रुद्र ज्ञवाली
आमाबिनाको घर

आमाबिनाको घर

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाक़ो बोली- १३०

बेलाक़ो बोली- १३०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १२९

बेलाको बोली- १२९

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

युवराज भण्डारी
बेलाको बोली – १२८

बेलाको बोली – १२८

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x