साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विधाता बाबुआमा हुन्

गृहस्थी झाँगियोस् राम्रो बनुन् सत्कर्मका माली न हुन् हेला कतै कोही फुलोस् त्यो प्रेमको डाली बुढा बच्चा युवा सङ्गै पियून् पीयूषको थाली॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

विधाता बाबुआमा हुन् सबैले चाल यो पाउन्
उनैको चाकडी गर्दै खुसीको रङ्ग बर्साउन्
छ गाथा वीर पुर्खाको फिँजाई बेसरी गाउन्
उनैको मार्गमा हिँड्दै गृहस्थी लक्ष पछ्याउन्॥१

बिरामी छन् कतै बाबा बिरामी नै बुढी आमा
छ जानै स्वास्थ्यचौकीमा परेको बेसरी धामा
पुर्‍याउन् भाइ छोराले तुरुन्तै लौन मौकामा
न होस् है आँसुकोवर्षा कसैको वृद्ध आँखामा॥२

अनेकौँ रोगले गाल्छन् झनै पाको बुढ्यौलीमा
सबैलाई छ झन् खाँचो सहाराको बुढ्यौलीमा
बलेको हुन्छ चिन्ताको ठुलो राँको बुढ्यौलीमा
बनुन् है पुत्र पुत्री नै दुवै आँखो बुढ्यौलीमा॥३

बगेको प्रेमको गङ्गा हियोमा हुन्छ हो जाती
सधैँ कल्याण चाहन्छन् सबै सन्तानको माथि
तिनैको लाग्छ हो आशिष् तिनैको प्रेरणा भाँती
नराखुन् द्वेष पाकामा बनाई बज्र झैँ छाती॥४

सबैमा प्रेम फैलाओस् सधैँ छाओस् खुसीयाली
गृहस्थी झाँगियोस् राम्रो बनुन् सत्कर्मका माली
न हुन् हेला कतै कोही फुलोस् त्यो प्रेमको डाली
बुढा बच्चा युवा सङ्गै पियून् पीयूषको थाली॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

रामशरण न्याैपाने
उनी (आमा)

उनी (आमा)

रामशरण न्याैपाने
बनेर वृद्ध तारक

बनेर वृद्ध तारक

रामशरण न्याैपाने
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

रामशरण न्याैपाने
काटौँ जरो नै सब

काटौँ जरो नै सब

रामशरण न्याैपाने
आमा बाबाका शुभ वचनले

आमा बाबाका शुभ वचनले

रामशरण न्याैपाने
खेताला छन् अबुझ परका …

खेताला छन् अबुझ परका...

दीनानाथ पाेखरेल
महतारी

महतारी

देवीप्रसाद मिश्र
उनी (आमा)

उनी (आमा)

आत्माराम न्यौपाने
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

रामशरण न्याैपाने
बनेर वृद्ध तारक

बनेर वृद्ध तारक

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x