साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

ढले वृद्ध हाम्रा सुसंस्कार ढल्छन् यताका भुली अन्तका रीत चल्छन् नहोऊँ म एक्लो र दुब्लो अनाथ दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

बुबाको इसारा शिरोधार्य गर्दै
मुमाको म सेवा गरूँ पाउ पर्दै
चलोस् वृद्धसेवा खुलोस् नित्य पाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥१॥

बुझेको तिनैले छ संस्कार राम्रो
तिनैबाट चल्ने त हो रीत हाम्रो
बुबाको मुमाको रहोस् उच्च गाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥२॥

रहोस् वृद्धको झन् सधैँ प्रेम टेवा
मिलोस् रोज मौका झनै गर्न सेवा
झुकी पाउमा राख्न पाऊँ म माथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥३॥

भए वृद्ध छाता बनी ओत दिन्छन्
सबै काम जिम्मा सकेसम्म लिन्छन्
यिनै मालिका हुन् यिनै भूतनाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥४॥

यिनै ज्ञान दाता यिनै कर्म दाता
यिनै कर्म गर्ने र बोल्ने विधाता
यिनै पोस्दछन् ओखती दिव्य क्वाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥५॥

उनैबाट रक्षा भयो जिन्दगानी
उनैको दयाले फुल्यो यो जवानी
उनै ईश हाम्रा उनै प्राणनाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥६॥

ढले वृद्ध हाम्रा सुसंस्कार ढल्छन्
यताका भुली अन्तका रीत चल्छन्
नहोऊँ म एक्लो र दुब्लो अनाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ॥७॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
0
Would love your thoughts, please comment.x
()
x