रुद्र ज्ञवालीचार ठाेक्तक
न भए पनि नभए पनि एकदिन छुट्नु त छदैछ सियोले औँला घोंचेझैँ नघोंच्नुस् न हजुर बचनले हावाले भरिएको गुब्बारा एकदिन फुट्नु त छदैछ ।
रूद्र ज्ञवाली :
१.
जे जसरी भएको होस्, घटना त घटनै हुन्छ
जसले दिएको भए पनि यातना यातनै हुन्छ
देखिएकै हो सप्तरङ्गी सपनाहरू जिन्दगीमा
जति नै सुन्दर किन नहोस् सपना त सपनै हुन्छ ।
२.
कहिले उठाउँदो रहेछ र कहिले थचार्दो रहेछ
डुबाउँदो रहेछ समयले र आफैँले उतार्दो रहेछ
अर्थ अँध्यारोको बुझ्दैछु रातमा दियो निभेपछि
मृत्युले एकपल्ट अपमानले पलपल मार्दो रहेछ ।
३.
मह काढ्ने हातले माहुरीको टोकाई सहनुपर्छ
किमति धातुले पनि तुलोको जोखाई सहनुपर्छ
दुख्न त दुख्छ तर मौन रहनुको कारण यत्ति हो
गुलाव मन पराउनेले काँडाको घोचाई सहनुपर्छ ।
४.
सिसा हो जीवन सिसाले एकदिन टुट्नु त छदैछ
मन भए पनि नभए पनि एकदिन छुट्नु त छदैछ
सियोले औँला घोंचेझैँ नघोंच्नुस् न हजुर बचनले
हावाले भरिएको गुब्बारा एकदिन फुट्नु त छदैछ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest




































