साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु र आमा

धरती जस्तै खुल्ला दिलको रविशशिजस्तै तेज उदयको तुलना पो के गर्नु र कसमा परमेश्वर हुन् बाबु र आमा ।।

Nepal Telecom ad

दिनेश पाण्डेय (दिपा) :

काँडा बिझ्दा आफै रुन्छन्
सन्ततिका सब पीडा सुन्छन् ।
दुःख लुकाई गर्छन् धामा
परमेश्वर हुन् बाबु र आमा ।।

घाम र पानी टारी बस्छन्
सपना लाखौँ सारी बस्छन्
सन्ततिको सुख राख्छन् ध्यान
परमेश्वर हुन् बाबु र आमा ।।

आफू खाली पेट निदाई
सन्ततिको सुख मात्र चिताई
बोक्छन् केवल दर्द हियामा
परमेश्वर हुन् बाबु र आमा ।।

कर्म असलको पाठ रटाई
पथविस्मृतिमा याद दिलाई
बत्ती बन्दै चल्छन् पथमा
परमेश्वर हुन् बाबु र आमा ।।

धरती जस्तै खुल्ला दिलको
रविशशिजस्तै तेज उदयको
तुलना पो के गर्नु र कसमा
परमेश्वर हुन् बाबु र आमा ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x