साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ जिरा कहाँ नुन

बिकेर दानधर्मका क्रिया पुगे खलानमा निमोठ्छ मूल्यवृद्धिले चढेर आसमानमा दरिद्रका चिसा चुल्हा कहाँ जिरा कहाँ नुन प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ।

Nepal Telecom ad

दिनेश पाण्डेय :

बजाउँछौ तिमी भने म बन्न सक्छु बाँसुरी
सजाउँछौ तिमी भने उराल्छु प्रेममाधुरी
सिनित्त पार्छु सागरै र सक्छु चन्द्रमा छुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

पसेर अग्निकुण्डमा तताउँदै तिखो झिर
अधर्मशील दुष्टका म रोप्छु टाउकातिर
मिले प्रणम्य चेतना स्वदेश यो सुधार्छु म
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

अनन्त धार्तराष्ट्रका अनन्त धर्म छन् छली
र कंस रावणादिझैँ अनन्त छन् महाबली
स्वदेश चुस्न तम्सिने निखार्छु यी किरा घुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

घुटुक्क कालकूटझैँ म दीनहीनका कथा
पिएर बस्छु शान्तिमा अदम्य देशका व्यथा
निमित्तमात्र सम्झिई पुकार कृष्ण ! यो सुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

सुनी विलाप लोकको कि योजना कुनै बुन
कि वा म बुन्छु योजना मिलोस् कृपा यतै पुन:
विधर्मका जरा गडे स्वधर्म थाल्छ वा रुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

छ कालिमामयी निशा घनान्धकार व्याप्त छ
समस्त लोक दु:खको सरित् सुमर्न बाध्य छ
सदैव आस के गरी सकिन्छ आँसुले धुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

बिकेर दानधर्मका क्रिया पुगे खलानमा
निमोठ्छ मूल्यवृद्धिले चढेर आसमानमा
दरिद्रका चिसा चुल्हा कहाँ जिरा कहाँ नुन
प्रभो ! तिमी यता फिरे म बन्न सक्छु अर्जुन ॥

०००
०८१/०५/९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x