साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न भो ! मलाई

हुङ्कार नित्य गर्छस् आफ्नै बखान गाई फुङ्कारदन्त धस्छस् झम्टेर लोकलाई जोबाट साथ पाइस् धर्छस् उतै निसाना तेरो कृतघ्नताले उल्टो बग्यो जमाना ।

Nepal Telecom ad

दिनेश पाण्डेय :

गन्दा विचारवाला जेता दिएर तैँले
आचार भ्रष्ट वाला नेता दिएर तैँले
बोक्रै समेत खाइस् ताछेर देशलाई
गर्लम्म आज ढालिस् भाँचेर देशलाई ।

पोसिस् जहान आफ्नै सोसेर देशलाई
झोसिस् कराल आगो ठोसेर देशलाई
निर्लज्ज तुच्छ हाँसो हाँस्छस् अझै मसक्क
देखी कुचाल तेरो, चस्क्यो हियो चसक्क ।

गोली समेत रेलिस् कब्जा लिएर शक्ति
पाहाजसै पछारिस् नौला मुना असत्ती !
घोलेर रक्त होली खेलिस् नि खेल्नु जत्ति
ओकल्छ यो मसीले अन्तर्यको विरक्ति ।

हुङ्कार नित्य गर्छस् आफ्नै बखान गाई
फुङ्कारदन्त धस्छस् झम्टेर लोकलाई
जोबाट साथ पाइस् धर्छस् उतै निसाना
तेरो कृतघ्नताले उल्टो बग्यो जमाना ।

माया म मान्छु मेरै मन्दार मृत्तिकाको
छाया सँगाल्छु मेरै आदर्श सभ्यताको
गर्जन्छ जो स्वयंका किल्ला स्वयं जलाई
यो राजनीति तेरो चाहिन्न भो ! मलाई ।

०००
-दिपा ०८२/०५/२९, 

काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
दिनेश
दिनेश
8 months ago

धन्यवाद फित्कौली

Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x