साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातको रोदन

सडक अझै सुनसान थियो । हावा मौन, तर भुइँ चर्केको जस्तो लाग्थ्यो । राकेशको दृढतापूर्ण स्वर सुनियो; “रगतले रोपिएको चेतनाको बीजलाई कुनै बन्दुकले मेटाउन सक्दैन।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“तिमीले देख्यौ ? किताब बोकेका हातहरूमा बारुदको धुवाँ पोतियो।” राकेशले काँपेको स्वरमा भन्यो ।

“हो, देखेँ… तर आँखाभित्र अझै सपनाहरू बाँचिरहेका छन् । बन्दुकले सपना मार्दैन ।” उमेशले मसिनो स्वरमा भन्यो ।

त्यतिखेर सडकभरि धुलो मात्र नभएर चिच्याइरहेका नाराहरू, भुइँमा खसेका रक्ताम्य कपडा र अधखुला नोटबुकहरू पनि फिँजिएका थिए ।

“राज्य किन डरायो ? आफ्नै भविष्यसँग ?” राकेशले थर्थराइरहेको स्वरमा प्रश्न गरिरह्यो ।

“किनकि उनीहरूले किताबभन्दा ठूलो शक्ति देखे, जसलाई गोलीले थाम्न सकिँदैन ।” उमेशको आँखामा आक्रोश चम्कियो ।

टाढैबाट एम्बुलेन्सको सायरन सुनिन्थ्यो । सडकभरी असङ्ख्य आँसुहरू र आक्रोशको नदी बगिरहेको थियो ।

“तर… उनीहरू त मरे ।” राकेशको स्वर भाँचियो ।

“न, उनीहरू जन्मे ।” उमेशले दृढतापूर्वक भन्यो- “त्यो दिन, सहादतले इतिहासको गर्भमा नयाँ बिहान जन्माइदियो ।”

सडक अझै सुनसान थियो । हावा मौन, तर भुइँ चर्केको जस्तो लाग्थ्यो । राकेशको दृढतापूर्ण स्वर सुनियो; “रगतले रोपिएको चेतनाको बीजलाई कुनै बन्दुकले मेटाउन सक्दैन।”

०००
२०८२/५/२६
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x