साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातिएको ज्वाईं,अगुल्टाले च्वाईं

जुवाईंको पालो अगुल्टो झिकेर फू गरेर चुरोट सल्काउन लागेको अगुल्टो पटटट गरी पड्केर अगेना नजिक बस्ने सबैलाई पोल्यो ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

पुसको झरीको जाडो छोरीलाई सताऊने जुवाईं सिंउ सिउ गर्दै सॅाझमा ससुराली घरमा आईपुगे। थपक्क ससुरासॅगै अगेनोमा आगो ताप्न बसे। उताबाट जुवांईं आएको देख्ने वित्तिकै अघिनै सासुले ल्याएर अल्टाईना दाउरा अगेनामा हालेर धुँवाई दिइन्। आगो तापिरहेका जुवाईं र ससुरा बुढालाई खपि नसक्नु भएकोले ती अगुल्टाहरू फालेर बुंढीलाई गाली गर्दै ससुराले अगेनामा दाउरा हाले ।

एकै छिनमा दाउरा पड्किएर सबैलाई आच्छु आच्छु बनायो। बाहिरबाट ठूलो जेठान आएर भने “के गरेको कहिले भक्याम्ला दाउरा हाल्याछन्, कहिले अल्टाइनो दाउरा हालेर धॅुवाएका छन् । बहिनी लिन आऊनु भा जुवाईंलाई मन नपरेको सम्धीलाई जस्तो” भन्दा सबै गललल हाँसे।

जेठान नजिकै आएर सिगरेट खानुस् जुवाईं अलिकति जाडो धपाउनु होस् भनेर एक खिली चुरोट दिए। तब जुवाईंको पालो अगुल्टो झिकेर फू गरेर चुरोट सल्काउन लागेको अगुल्टो पटटट गरी पड्केर अगेना नजिक बस्ने सबैलाई पोल्यो । जुवाईंको त झन् मुखै भरि पोलेकोले भने हैन म आज कुन दशा बोकेर भद्रा ला बेलामा घरबाट हिँडी छु ? हे भगवान ! भनेर हरि…ई..ई।

नजिकै स्वास्नी आएर भनिन् भद्रा ला हैन भाँती ला भएर दुख पाको भनन” त्यसो त तैँले नै भनिहालिस् नि बाबै !अनि फेरि म के भन्ने ? हा हा हा! सबै हाँसे हलल ल।

एकैछिनमा पुछार बुढा बाले भने “मात्तिएको ज्वाईं, अगुल्टाले च्वाईं” भनेको यहि हो। ’सुन्ने बित्तिकै साराका सारा मरी मरी हाँसे हा हा हा हा हललल हलललल।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x