सुरेशकुमार भट्टमातिएको ज्वाईं,अगुल्टाले च्वाईं
जुवाईंको पालो अगुल्टो झिकेर फू गरेर चुरोट सल्काउन लागेको अगुल्टो पटटट गरी पड्केर अगेना नजिक बस्ने सबैलाई पोल्यो ।

सुरेशकुमार भट्ट :
पुसको झरीको जाडो छोरीलाई सताऊने जुवाईं सिंउ सिउ गर्दै सॅाझमा ससुराली घरमा आईपुगे। थपक्क ससुरासॅगै अगेनोमा आगो ताप्न बसे। उताबाट जुवांईं आएको देख्ने वित्तिकै अघिनै सासुले ल्याएर अल्टाईना दाउरा अगेनामा हालेर धुँवाई दिइन्। आगो तापिरहेका जुवाईं र ससुरा बुढालाई खपि नसक्नु भएकोले ती अगुल्टाहरू फालेर बुंढीलाई गाली गर्दै ससुराले अगेनामा दाउरा हाले ।
एकै छिनमा दाउरा पड्किएर सबैलाई आच्छु आच्छु बनायो। बाहिरबाट ठूलो जेठान आएर भने “के गरेको कहिले भक्याम्ला दाउरा हाल्याछन्, कहिले अल्टाइनो दाउरा हालेर धॅुवाएका छन् । बहिनी लिन आऊनु भा जुवाईंलाई मन नपरेको सम्धीलाई जस्तो” भन्दा सबै गललल हाँसे।
जेठान नजिकै आएर सिगरेट खानुस् जुवाईं अलिकति जाडो धपाउनु होस् भनेर एक खिली चुरोट दिए। तब जुवाईंको पालो अगुल्टो झिकेर फू गरेर चुरोट सल्काउन लागेको अगुल्टो पटटट गरी पड्केर अगेना नजिक बस्ने सबैलाई पोल्यो । जुवाईंको त झन् मुखै भरि पोलेकोले भने हैन म आज कुन दशा बोकेर भद्रा ला बेलामा घरबाट हिँडी छु ? हे भगवान ! भनेर हरि…ई..ई।
नजिकै स्वास्नी आएर भनिन् भद्रा ला हैन भाँती ला भएर दुख पाको भनन” त्यसो त तैँले नै भनिहालिस् नि बाबै !अनि फेरि म के भन्ने ? हा हा हा! सबै हाँसे हलल ल।
एकैछिनमा पुछार बुढा बाले भने “मात्तिएको ज्वाईं, अगुल्टाले च्वाईं” भनेको यहि हो। ’सुन्ने बित्तिकै साराका सारा मरी मरी हाँसे हा हा हा हा हललल हलललल।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest




































