सुरेशकुमार भट्टहेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है
बा दुध पनि एक डाडु मात्रै रे। हो र बुढी ? दुई डाडुसम्म पाकेको हुन्छ रे । ए तेसो भए आज दुईदुई डाडु दे।

सुरेशकुमार भट्ट :
उहिल्यैको कुरा हो पॅधेरे गाउँमा लहरे, पहरे र कहरे भन्ने तीन भाइ भट्टहरू थिए। ती मध्य जो हो ‘कान्छा कहरे साह्रै नै रमाईलो र मजाकी मान्छे थिए। ऊनलाई गाउँलेहरू हरिमुरारी” भनेर बोलाउँथे। कहरे भन्दा रिसाउँथे। पल्लो गाउँको झाँक्रीको नाम कहरे भएकोले आफूलाई कहरे भन्दा त्यही वन झाँक्री भनेका हुन् कि जस्तो लागेर नभन भन्थे। तर ऊनी बेलाबेला कामेर देउता(वायु) झिक्थे। हुन त ऊनी डाँङ्ग्रे हैनन् बरू पुजारी चाहीं हुन् भनेर भन्थे। ’कहिले कहिले जुठो पिठो पर्याे भने छोप्छ कमाउॅछ पनि भन्थे खोई ? रमाईलो मान्छे कुरा चाहीं सत्य केहो ? कसैले जान्न सकेका थिएनन्। अर्काको ॲाङको कुरा जान्न सकिने पनि त हैननि भन्थे बुढापाका हरू पँधेरे गाउँका। हरि मुरारी भट्ट ”साँच्चिकै रमाईला थिए पँधेरे गाउँमा। कति रमाईला कुराहरू छन् हुन्छन् हाम्रा गाउँघरमा। शहरमा शहरकै कुरा गाउँमा गाउँकै कुरा।
ऊ बेलाको चलन सानै उमेरमा विवाह गर्याे ।१७ /१८ को कुखुरे बैशमै छोरा छोरीको बाउआमा भै हाल्थे। ’जस्का छोरा उसका धन, जसका भैंसी ऊसका वन” भन्थे। पढौं पढाउँ स्कुल नाईं । ८/९ वर्षको भएपछि गोठालो सोह्र काटे खेतालो गाउँ बेशी वन जंगल भारो पर्म त्यसैमा सबैको धर्म कर्म हुने गर्थ्यो। दुलही लिन जान डोलीमा चढेको दुलाहा आमा बुबु भन्थ्यो भने डोलीमा बसेर आमा भाइको बुबु लेउन भनेर रून्थे । ७२ महिना (६ वर्ष) कटेपछि बिहाको सुरसार हुन्थ्यो।छोरीको बिहा गर्न आठबर्ष कटाउन हुन्न भन्थे। कन्यादानको फल पाइन्न भन्थे। त्यसैले तेतिबेलाका छोरी चेलीले नौ वर्ष भित्रैमा घर माईती गर्थे।
यी लहरे, पहरे र कहरे तिनै भाइको विवाह पनि बेलैमा भयो। यीनका बिबाह पछि बाबु रोगाएकाले यीनीहरू २०/२५ हुँदा नै बाबु हो मेरो जिउ छँदैमा तिमीहरुले आआफ्ना अंश लिअ भनेर सचराचर बराबर गरेर बाँडिदिए। आफू भरूवामा बसे। भन्न त एउटालाई खान बर्ष भरीलाई नौ मुरी चाहिन्छ भन्ने चलन थियो। धनीमानी पहुल जाय ज्याथा हुनेको जिउनी पनि धेरै राख्थे। भरूवा पनि दुई बुढा बुढीलाई कडो खनाखन नौ नौ मुरी =१८ मुरी लिन्थे छोराहरुले पनि दिन्थे। पँधेरे बुढाको मध्यम स्तरको झिटीजाय ज्यथा भएकोले तीन भाइबाट पाँच पाँच मुरी लिन्थे पुगेकै पनि थियो। बुढाबुढी बितेपछि त्यो नि परेन र पनि कान्छा हरिमुरारीलाई लालाबाला धेरैहुदा टिपटिप हुने भएकोले बुढा बुढीको सल्लाहले फारुतिनु गरेर चलाउँथे। जोगाउने चलाउने कुरामा दुवैदम्पत्ति अति नै होशियारी गर्थे। भुरा भुलाउन र चित्त बुझाउन दुवैको कासन काईदा असाध्यै मिल्थ्यो । धेरै जसो बेलुकिमा त्यस्तो तारतम्य मिलाउँथे।
भैंसी लैना बकेर्ना थिए। यो वर्ष घ्यू सँघालेर नेपाल शहरमा लगेर बेचेर ओडापैरी मरमसला लत्ता कपडा तेसैले पुय्राउने सल्लाह गरेर तेहि अनुसार चलिरहेका थिए। १५ पुषको बेलुकिको कुरा हो सबैजना केटाकेटीले एकमुख भएर मझेरीबाट घिउ लेऊ आमा आज त घिउ खाने हो भनेर पिर्न थाले। हरिमुरारी भाग बसेकामात्र थिए। पानी अचाएर, डुगडुगी काम्न थाले। बुढीले भनिन् लौ प्रमेश्वर के तल बितल पय्रो क्षमा पाउँ आफ्नो कैरन लिएर भन भनिन्। डाँग्रे काम्दै भन्न थाले हेर बाबै हामीलाई नेपाल लगेर पशुपतिमा नचढाईकन कसैले पनि घ्यू खान पाउँदैनस् है। हु हु हेर मनुवा हामीलाई हेला गरेर खाईस् भने तेरा बाउआमा मर्छन् है। डाँग्रे मर्छ है बाबै हेर। हु हुहु। भूरा डराउँदै भने आमा दूध पनि खानहुन्न ?
बुढीले सोधिन् हामी केही जान्दैनौं प्रमेश्वर दूंध खान हुन्छ कि हुन्न?प्रमेश्वर।हेर बाबै बेस्सरी तताएको दूध एक डाडु दुई डाडुसम्म हुन्छ है।हॅु हॅु। हेर बाबै अरूकेही सोधॅनेभए सोध नत्र हामी जान्छौं है। आमा बिलाऊनी नि ?हॅ हॅ हॅ घ्यूखान नभएसी हेर बाबै बिलाउनी पनि भुटुन हाल्न पर्छ है खान हुन्न हेर मनुवा हेर ! हुन्छ हुन्छ प्रमेश्वर भनेर भूराले समेत भने। बुढीले भनिन् लौ प्रमेश्वर आ आफ्नै थाना पातीमा जाऊ यी अन्जान बालबालिकालाई र हामी अनाथलाई क्षमा छहारी राखी देऊ हामी शरणमा छौं। हेर बाबै हामीले पनि तिम्रा लालाबाला र तिमीलाई रक्षा गरेकै छौं है हुहु अब हामी जान्छम् है बाबै। तिनिक्क ॲाङ तन्काएर मजेरीतिर हेरेर भुरालाई सोधे ए हे तिमीहरु अझ भात खा छैनौं ? ॲ ह्वॅा देउता आएर हामीलाई डर लाग्यो नि।
ए नडराऊ भो देउता पनि हाम्रै त हुन् खाऊ खाऊ न डराऊ। नानी बाबुलाई दूध दे एई बुढी। बा दुध पनि एक डाडु मात्रै रे। हो र बुढी ? दुई डाडुसम्म पाकेको हुन्छ रे । ए तेसो भए आज दुईदुई डाडु दे। भुरालाई हेरेर भने खाऊ बा खाऊ देउताले हुन्छ भन्या जति खाऊ।
कसरी चलिआएको रहेछ हाम्रो गाउउँघरको जनजीवन गृहस्थी भनेर बुझ्न यो एउटा प्रतिनिधि पात्र कथा पनि हो। एकातिर हँसीमजाक अर्कोतिर वास्तविकतामा पनि खेलॅँची उपकथा हो यो। यस्तै त छ हाम्रा गाउँघरका रमाईला कथा कुथुङ्ग्री।
जय लोकवेद।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































