साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमयात्रा

अझ साँच्चै भनुँ भने अचेल यो टुप्पोबाट पलाएर उधोतिर बढ्न थालेको छ । दुलोबाट भर्खरै निस्किादैमा यार्सागुम्बा भन्दा पनि यसको भाउ एक्कासि आकासिएको छ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

यमराजजी एकदिन के मुड चलेर हो नेपाल झर्नु भएछ । दसवर्षे जनयुद्धले मनग्गे आम्दानी भएको थियो । त्यसपछिका मधेश आन्दोलनले अर्को टेवा थपेको थियो । हालको बाढी वर्षाले त्यसलाई कायमै राखेको थियो । सधैं प्रसन्न चित्त यमराजजी मर्त्यलोकको निरीक्षण गर्ने सुरले एक दिन बिहानै नेपालको कैलाश पर्वतमा अवतरण गर्नु भएछ । पुलिस र करभन्सारका हाकिमहरूले बेलाबेला नाकाहरू निरीक्षण गरेजस्तै उहाँको यो भ्रमण पनि नियमित जस्तै रहेछ । उठ्तीपुठ्तीको चााजोमिलाउने हिसाबले । मर्निङ वाकमा सरिक एक हूल मान्छे देखेर सोध्नु भयो ।

“गाला झोल्लिएका छन् । तुर्लुङ्ग भुँडी झुण्डिएको छ । गफै पिच्छे निष्पक्ष निष्पक्ष रटिरहन्छ । बेलाबेलामा दुवै हातले केही उठाएर टाउकोमाथि राख्दै गरेझैं गरिरहन्छ । यो को हो वत्स, ” “यो न्यायसेवी प्राणी हो प्रभो । बेलबेलामा यो गुण्टा कसेर भाग्ने गर्छ । मुखले निष्पक्ष भन्छ मात्रै तर गर्न पल्किएको छ । दवाई दामतिर ढल्किएको छ । यसले दशवर्ष उमेर पनि ढाँटेको छ । त्यसैले यो अझै बाहिरको बाली चर्न भनेर जागिरको दाम्लोले बाँधिएको छ । गुन्टा कस्ने त यसको घुर्की मात्रै हो । दाम्लो छोड्न मरी गए चाहँदैन । बेलाबेला दाम्लोबाट खुसुक्क मुन्टो छिराएर सुटुक्क दायाँ बायाँ चर्छ । अनि चाल न पाउँदो गरी सुरुक्क दाम्लोभित्र मुन्टो छिराएर जस्ताको तस्तै बन्छ ।

“यो फोहोरबाट जथाभावी टिप्दै खाँदै गर्छ । शरीर भने रातै पोतेको छ, को हो यो ?”

“यो भन्सारको हाकिम हो । यसले गोबर, गहुँत, गिट्टी, मोविल पाम आयल केही भन्दैन । सबैचिज फोहोरबाट उभाउँदै खाँदै गर्छ । अचेल रक्तचन्दन यसको प्रिय बस्तु बनेको छ । त्यही लेपन गरेर बाहिर चाहिँ शुद्ध र सफा देखिएर हिँड्छ ।”

“यो चाहिँ देख्दा सिकुटे छ तर दाउरे ज्यान परेकोले दरो जस्तो छ । कहिले अनुहार माथि हात लम्काएर केही छेके जस्तो गर्छ । कहिले पछाडि घुच्चुकमा बेला बेला छामे झैा गर्छ । कहिले कम्मरमा हातले दबाएर मर्काए झैा गर्छ । यो को हो वत्स !”

यो चाहिँ सि.डिओ. हुनुपर्छ । कहिले यसमाथि मण्डलेहरूको रामधुलाई पर्छ । कहिले वाई.सि.एल को कुटाइ खान्छ । औंसीपूर्णे आइरहने साङ्घातिक थप्पड रोक्न कहिले मुख छोप्ने कहिले घुच्चुक ढाक्ने बानी परेको छ यसको । जिल्लाको प्रमुख प्रशासक भने नि सुरक्षाको मुख्य नाइके भने नि यही निम्छरो प्राणी हो । यसैले सुरक्षा व्यवस्था चलाएको छ प्रभो !

“कस्तो सुरक्षा हो त यो वत्स ?”

“यो राम्रो व्यवस्था हो प्रभो ! उदाहरणीय नै भन्दा हुन्छ । सुरक्षा प्रमुख आफैले धुलाई भेटे पनि अरूको सुरक्षा भए त भइ गयो नि भन्ने सिद्धान्त छ । आफू मिटाइ अरूलाई दिनु जहाा छ ।

“यो चाहिँ मान्छे देख्दा खाइलाग्दो छ तर घरि घरि कपाल कन्याइ रहन्छ । घरि दुवै हत्केला मलिरहन्छ । घरि नाक कोट्याउँदै र कान कन्याउँदै रहन्छ । घरि घरि बाटो हिँड्दा पनि टक्क अडिएर दुवै हात हत्तपत्त जोडेर निहुरमुन्टी “न” को आकारमा ढल्छ । दुवै हात जोडेर बाटा वरिपरिका खम्बा रूख पर्खाल जे देखे पनि झुकेर नमस्कार गर्दै हस् हजुर हस् हजुर भैहाल्छ हजुर । म छँदै छु नि सेवक हजुर भनी रहन्छ । यो कस्तो प्राणी हो त वत्स !”

“यो सचिव हो प्रभो ! मन्त्रीबाट पटक पटक प्रताडित भएकोले हिजो आज यसले रूख पर्खाल जताततै मन्त्री मात्रै देख्छ । लोकन्ते पजनीको डरले भूत बनेर हिजोआज झन सारो यसलाई सताइरहेको छ । यो जताततै जतिबेर पनि मन्त्री मात्रै देख्छ । अनि जागिरको घाँडो छिन्ला भनेर जथाभावी नमस्कार पडकाउादै र आदेश निर्देशन शिरोपर गर्दै हिँड्छ । काम नगरे पनि दाम चाहि यसले कहिल्यै छाड्दैन । रकम कलम मिलाउन र चप्काउन यो खप्पिस छ । उमेर ढाँटन र बजेट माड्न यो सबैभन्दा चनाखो देखिन्छ प्रभो ! तर मन्त्रीको लागि यति इमान्दार प्राणी अरू पाउन गाह्रो छ प्रभो !

“पर्ख वत्स ! हतार नगर ।” यमराज एकछिन रोकिए ।

“यो हावामा बात मार्ने चाहि को हो नि वत्स !” यो निर्वाचन आयोगको हाकिम साकिम होला प्रभो । यो हावामा बात मात्रै मार्दैन पखेटा फट्फटाउँदै यताउता समेत गर्छ । भैामा खुट्टै टेक्दैन । अर्काकै ढाड माथि उफ्रन्छ त कहिले टाउकामाथि टेकेर दुबै हात लम्काएर भाषण ठोक्छ । उपदेश र अर्ती भन्दा अरू केही जान्दैन । आफूभन्दा माथि पनि कसैलाई ठान्दैन । अरूकै खिसिटिउरी गरेर सातु सामल पचाउँछ । बुर्लुक बुर्लुक हावामाथि उफ्रिएर वात मार्छ । अरू कसैलाई मान्छे ठान्दैन । आफैँ सबै थोक हुँ भने झैँ गर्छ ।”

अझ साँच्चै भनुँ भने अचेल यो टुप्पोबाट पलाएर उधोतिर बढ्न थालेको छ । दुलोबाट भर्खरै निस्किादैमा यार्सागुम्बा भन्दा पनि यसको भाउ एक्कासि आकासिएको छ । यति सारो चढेर बोल्छ कि अलि दिनमै सडेर झिङा भन्काउने बेर छैन ।”

०००
नयाँवानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x