साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन रामलखन !

भन रामलखन ! कहिले निभाउने यो अविश्वासको आगो ? कहिले ढाल्ने विभेदको पर्खाल ?? कहिले उठाउने यो घृणाको बिस्कुन ???

Nepal Telecom ad

निमेष निखिल :

रामलखन !
एउटै हो तिमीले र मैले ओढेको आकाश
उही हो ओछयाएको धरती र टेकेको माटो
उस्तै छ जीवन हिँडेको हाम्रो बाटो
भन ! कसले सल्कायो अविश्वासको आगो हाम्रो बस्तीमा –
कसले ठड्यायो विभेदको पर्खाल रातारात –
कसले सुकायो क्रोधित आँखाहरूको बिस्कुन
हाम्रै बस्तीका बाटाबाटा र चोकचोकमा –
मेरो कल्पनासम्ममा छैन
मेरो अनुपस्थितिको तिम्रो होली र छठ
तिम्रो अनुपस्थितिको मेरो दसैँ र तिहार
तिमी नभएको मेरो छोराको बिहे
म नभएको तिम्री छोरीको मगनी ।

मलाई लाग्दैन बिर्सन सक्छौ तिमी-
एउटै डगरमा
हामीले नाङ्गैभुतुङ्गै तय गरेको जिन्दगीको लामो यात्रा
र सँगै काटेका सुखदुखका कुइनेटाहरू
भन्न सक्छौ तिमी-
हामीले सँगै बगाएका पसिनाको मात्रा ?
या नाप्न सक्छौ सुखदुखको सुगन्ध-
हामीले एक साथ अनुभूत गरेको ?

भन रामलखन !
कहिले निभाउने यो अविश्वासको आगो ?
कहिले ढाल्ने विभेदको पर्खाल ??
कहिले उठाउने यो घृणाको बिस्कुन ???

हुनत तिमीमा पनि छ र मभित्र पनि-
भन रामलखन !
कसरी निकाल्ने छातीभित्रको एउटै देश ?

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीज्यू !

सम्धीज्यू !

निमेश निखिल
सम्धीलाई चिठी

सम्धीलाई चिठी

निमेश निखिल
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x