साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिलाको चिठी पूर्वपतिलाई

घरभित्रको रिन पनि घिन भइसक्यो । तपाईंले क्यै गरेको मैले देखिन । मैले पनि त घरधन्दा सुचीकार भएर धानेकी थिएँ । जय भूपू पतिदेव !

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

इन्स्पेक्टरकी शिला नाम गरेकी श्रीमती थिइन् । उनी रुपमा र विद्यामा पनि अब्बल । परबाट झट्ट हेर्दा फिल्मकी हिरोइन हेमामालीन जस्तै राम्री । एकदमै सु्‌न्दरी । इन्स्पेक्टर शर्मा शिलाका साथ नबसेको पनि दुई बर्ष भएको थियो । जागिरको सिलसिलामा उनी घरदेखि टाढा खटेर बसेका थिए । त्यहाँको दाल रोटी र पानी पिए पनि उनी मोटाउदै गए । मोजै मोज उतै । शिलालाई पनि ऊप्रति खासै मोह छैन । उता घरमा छोडेर आएको छोरा पनि स्कुल जाने कुरा लिएर उठ्नासाथ उफ्रेर चउरमा दौडिने गर्थ्यो । शिला उसलाई अब त स्कूल पठाउन पाए हुन्थ्यो भन्ने सोचिन् ।

इन्पेक्टर शर्मा पनि रिटायर्ड हुने बेला हुँदै थियो र छोरो पनि ठूलो हुँदै थियो । उनलाई छोरा र बाबु दुबैको चिन्ता हुन्थ्यो । तर शिला भर्खरै तरुनी थिइन् । जता पुगे पनि कड्केर बोल्ने । कतै मुस्कुराएर । छोराको स्कूलको वारेमा बेसी चिन्ता थियो । उनी दिनदिनै १०।१२ स्कूलको खोजीमा फन्को मार्थिन् । स्कूल पनि बजारको तरकारी आलु मुला काउली र बन्दाको भाउजस्तो फरक फरक । छोराको पढाइका कुराले उनी निराश भइन् । केही दिन त अाँखामा आँसुुको तलाउ हुन थाल्यो ।

उता इन्पेक्टर शर्मा पाँच रुपियाको दण्ड जरिवाना पाँच सयको चिट काटेर बगली भर्थे । तर शिलालाई भने सस्तो बजारको सरसामान मालताल सामान किन्न धौ धौ । कति दिन त भोकभोकै । स्कुल पढाउने आँट छैन । घरमा हेर्‍यो पीठो छैन । रात दिन इन्सपेक्टरको धाक आउँछ । लोग्ने इन्पेक्टर भए पनि आकाशको फल आँखा तरि मर भनेझै भाछ ।

यसैबिच शिला र खाइलाग्दो प्रोफेशरसित चिनजान हुन्छ । चिनजानपछि बारम्बार भेटघाट हुन थाल्यो । एकदिन दुवै चिया खान रेष्ट्राँमा गए । मन प्रसन्न र खुलस्त हुन्छ । बिस्तारै उनीहरूबिचय प्रेमको च्याप्टर बनेर भेटघाट बाक्लो हुँदै गयो । इन्पेक्टर शर्मासित शिलाको मन मर्दै गयो । जीवनभर प्रोफेशरसित बस्ने सोचमा पुगिन् उनी ।

केही दिनपछि नै शिलाले आफ्‌ना लुगाफाटा सुटकेशमा हालेर कुर्था सुरुवालमा चट्ट परी प्रोफेसरकोमा गइन् । त्यसको भालिपल्टै उनीहरूबिच मन्दिरमा प्रेम विवाह सम्पन्न भयो ।

स्कुल जाने उमेर भइसकेको छोरो घरमा एक्लै रुन कराउन थाल्यो । उसको मामाले पनि डराइ डराई पुलिसमा रिपोट गरे । फेरि कोही गुण्डो लफडा गर्न आउला कि भन्ने आशंका थियो उनलाई ।

पुलिसमा रिपोट परेको चाल पाएपछि शिलाले इन्सपेक्टर शर्मालाई एउटा चिठ्ठी लेखिन् । चिठीको बेहोरा यस्तो थियो–

आदरणीय इन्सपेक्टर शर्मा,
हजुरले कु्‌नै मेरो चिन्ता लिनु पर्दैन । कुनै दुःख तकलिफ पनि मान्नु पर्दैन । मैले प्रोफेसरसित प्रेम विवाह गरेँ । मन्दिरमा माला साटासाट गरेका हौँ । प्रोफेसर सर, उहि हामी कीर्तिपुरमा मास्टर डिग्री पढ्दा क्याफ्‌टेरिया घरमा चमेना गरेर क्यानटिनमा कति पटक घरको भुजा र पूजा छोडेर सँगै खाएका र डुलेका । हजुरलाई पनि मन पर्ने प्रोफेशर । तपाईं इन्सपेक्टर हुँदादेखि प्रशंंसा कति गर्नु हुन्थ्यो । हो, तपाईंले बलम्बुबाट हेलम्बु सरुवा हुँदा गाडीको लाइसेन झिकिदिएको कुरा मैले पनि थाहा पाएकीे थिएँ । अँ साँची तपाई ऐयरपोर्टमा पोष्टिङ हुँदा बिहे भोजको वाइन खाँदा अलिकता चिनाजानी पनि भएको हो क्यारे !

तपार्इंले छोरालाई पढाई बढाई गर्ने योग्यता जति पनि छ । छोरालाई बनाउनु छ त कतै जानु छैन । पढाई गर्नु छ त छोरालाई पनि पढाई लेखाई गरेर पुलिस प्रसासनमा उकृष्ट बनाउनू होला । हजुरलाई कति कमाउनु छ हँ ? कतिले पुग्ने हो ? आफ्‌नो बिचार मिल्दो कहिल्यै हुन सक्नुभएन । मेरो बिहे इन्पेक्टर शर्मासित भए पनि भगवानले प्रोफेसरसित नवजीवन बिताउन भनेकोले पनि यो पत्र लेखुको हुँ ।

तपाईं त इन्पेक्टर । साह्रै बिजी । एकै बेडमा भेट्ने फुर्सद भएन । अब झिलिमिली बजार लैजाने छैनौ । घरधन्दा यता पनि हेर्नुछ ।ससुराली मावली जान तपाईंले कुन नाकले हिम्मत गर्नु होला र ? मैले त तपार्इंको परीक्षा मात्र लिएको थिएँ । कुनै उत्तेजना मभित्र छैन । छोरा प्रोफेसर सरकै हो । कतै उजुर पनि गर्नु पर्दैैन । तर नासो स्वरुप छोडी दिएको छु ।

भाग्यबस छोरो कतै पुलिसको आइजिपी कथमकदाचित बनि पो हाल्छ कि ? होस् भन्ने शुभकामना तर अब केही गरि आउन्न । आए पनि छोरा हेरेर फर्कन्छु । केही गरि ऊ आइजीपी भए उसैसित माफ माग्छु ल ! सबै मेहनतका ढोका खोल्न आतुर छन् । भूपू पतिदेव ! कुहेको फलभित्र पनि घाउ हुन्छ । मेरो निजी बिचार त जोगाइ दिनुस् । मभित्र पनि त आशा र अभिलाशा थिए । घरभित्रको रिन पनि घिन भइसक्यो । तपाईंले क्यै गरेको मैले देखिन । मैले पनि त घरधन्दा सुचीकार भएर धानेकी थिएँ । जय भूपू पतिदेव !

मेरो दुःख पीडा के हो ? एक दिन कालले पनि था पाउँछ । च्वास्स मन दुःखिरहेछ । त्यसैले यो पत्रबाट बिगतलाई यहीँ बिट माछ्र्रु । तिर्खा प्यास यहि मेट्छु र हजुरको जय जय होस् ।

उही तपाईंकी पूर्वपत्नी
शिला

०००
तुप्चे– ४, चनौटे नुवाकोट
हाल काठमाडौे– १५, चमती

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कबीन्द्रप्रसाद पौड्याल
कबीन्द्रप्रसाद पौड्याल
4 days ago

प्रायः तुप्चे, चमती अनि सिडनीबाट साहित्यको फाँटमा आफ्ना सिर्जनाहरू अवतरण गराउँदै आउनुभएका अधिकारीज्यूले यसपटक भने नौलो शैलीमा हास्य–व्यङ्ग्यको लेप लगाएर आफ्नो रचना प्रस्तुत गर्नुभएको छ। प्रस्तुत लेख अत्यन्त मार्मिक छ। सूक्ष्म रूपमा हेर्दा कथाका पात्रको जीवन–घटना करुणाले भरिएको छ। यहाँ शब्दका हास्य–व्यङ्ग्यपूर्ण बाणभन्दा पात्रको जीवनशैली र चरित्रले नै बढी तीक्ष्ण व्यङ्ग्य प्रहार गरेको अनुभूति हुन्छ।
यस कृतिले केही पाठकलाई मनोरञ्जन र आनन्द प्रदान गर्छ भने केहीलाई आत्ममन्थन गर्न बाध्य बनाउँछ। घटनासँग आफूलाई असम्बद्ध ठान्ने पाठक हाँस्छन्, तर आफ्नो जीवनका केही पाटा कथासँग मिलेको अनुभव गर्नेहरू भने भावुक र दुःखी हुन सक्छन्। “नपचेको क्याफेटेरिया र घर एकै”, “भुजा र पूजा” को शब्द–संयोजन, “जय भूपू पतिदेव!” तथा “तपाईंकी पूर्वपत्नी” जस्ता अभिव्यक्तिहरू यसका सशक्त उदाहरण हुन्।
भाषा–साहित्यमा व्याकरणको महत्त्व अत्यन्त ठूलो हुन्छ। विशेषतः काल–प्रयोग, विभक्तिको शुद्धता तथा वाक्य–संरचनामा अझ बढी सावधानी अपनाइएको भए रचना अझ उत्कृष्ट बन्न सक्थ्यो। यस्ता पक्षमा प्रकाशकले पनि आवश्यक ध्यान दिनु उपयुक्त देखिन्छ।
समग्रमा, निरन्तर साधना र अनवरत प्रयासले सफलता प्राप्त हुन्छ भन्ने तथ्यलाई अधिकारीज्यूले आफ्नो कलममार्फत पुनः प्रमाणित गर्नुभएको छ। आगामी दिनमा उहाँका सिर्जनाहरू अझ परिपक्व र प्रभावशाली हुँदै जाने विश्वास गर्न सकिन्छ।

Nepal Telecom ad
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
1
0
Would love your thoughts, please comment.x
()
x