सुरेशकुमार भट्टबक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट
तयारीनै नभई हेपेर गएर पनि म गफै गफमा ती सबलाई लट्ठ्याएर फर्कन्छु“ भन्ने सोच लिएनन् भन्न सकिन्न। किनकी उनमा तेस्तो घमण्ड भएको कुरा जगजाहेर छ।
सुरेशकुमार भट्ट :
ऊहिल्यै मनकामना माताको मन्दिरमा सत चण्डि यज्ञ अनुष्ठानको आरम्भ गरिएको रहेछ। ब्राम्हण ११०/११ जना कम्तिमा चाहिने सबैतिर बाट बटुल्दैबटुल्दै ल्याएर करिब कामचलाऊ संख्या पुर्याए । यज्ञ आरम्भ भो ब्राम्हणहरूले सत चण्डि पुरा गर्न पुस्तक लिएर पाठ गर्न सुरू गरे आचार्य बेला बेला फनक्क घुमेर रेखदेख गर्दैरहे।
छेउमा बसेर पाठ गरिरहेको एउटा ब्राम्हण दाहिने बायाँ पल्याक पुलुक हेर्छ, पाना फर्काउँछ। धेरै पटक तेसो गरेको नजरमा परेपछि यज्ञका आचार्यजी नजिकैको अर्को पाठक छेउ बसेर कान थापेर शुध्दाशुध्दि बाचनको पारख गर्दै गए। कानमा भिन्न आवाज र शब्द आयो । अलि निहुरेर घोरिई सुने फेरि तेहि शब्द ”बक्रेश्वरको ठूलो घन्ट., बक्रेश्वरको ठूलो घण्ट, सासै नफेरि बक्रेश्वरको ठूलो घण्ट” मात्र भन्छ । पाठक (यहॉ पाठ गर्नेलाई पाठक) बाहुन त, फ़साद पर्यो आचार्य सशंकित भएर अरू पनि जाँच गर्दै गए स्वरमा स्वर मिलाएर किताबै नहेरी आवाज दिने पो धेरै देखे सुने।
लौ अरूले थाहा पाए केभन्लान् ? माईले माफि देलिन् कि सजाय ? फाटी मर्नु भो आचार्यलाई र मध्यान्हीमा ती “बक्रेश्वरको ठूलो घन्ट”लाई एकान्त लगेर सोधे तपाइँले पाठ गर्नु भाछ त राम्रोगरी ? गुरू मैले जेजाने थें त्यो चाहिं राम्रो गरि भनेको छु। बक्रेश्वरको ठूलो घन्ट बाहेक तपाईंले किताव पढ्या छैन ? छैन गुरू पढ्नेबेला डण्डिव्यो र कपर्दी खेलियो अनि भागेर कलकत्ता गइयो तेतै लागियो, पढ्ने समयनै भएन। हिन्दुस्थानको पश्चिम बंगालमा जे सिकियो तेहि गरेर जिविका चलाईयो।
पाठ गर्न कल्ले बोलायो त ? पल्लो गाउँका चने बाजेले ए माइला हिंड भन्नु भो । पढ्या छैन केर्नि ? तेत्रा जनाले यज्ञ गर्ने ठाउँमा तँ एउटाले के फरक पर्छ र थाहै हुँदैन, जे जान्या छ तेहि भन, पाना फर्का भै गोनि । बाहुनको संख्या पुगिहाल्छ भने । अनि उनैसँग लागेर हिंडे र यहँसम्म आईपुगेँ । जे जानेथें तेहि गरेँ गुरू म के भनुम्। यसरी मनकामना माईको स्थानमा गरिएको सतचण्डिका पाठक ब्राम्हणहरूको कुरा कथा /उपकथा गुरूहरूबाटै सुनियो, तेहि उपकथा यो मालामा उनियो।
यो उपकथाको माहात्म्य/ उपाख्यान यस्तो रह्यो। एक दिन सदनमा प्रधानमन्त्रीले सांसद थापाले राष्ट्रको वर्तमान संकट र सरकारी भ्रष्ट रवैया तथा जनसरोकारका विषयमा उठाइएका प्रश्नको उत्तर दिइएको पारा ढाँचा र कताको विषय बस्तु कताको जवाफ ? ”कताको काशी कताको कुती”लाई मनन गर्दा अपठित सतचण्डि पाठ गर्न आउने ब्राम्हण र उनका प्रतित्तरमा समर्थन गरि ताली ठोक्ने सांसदहरूको हैसियत हर्कत पनि स्वरमा स्वर मिलाएर पाठ गरेको भन्ने आवाज दिने टापटिपे ब्राम्हणहरू भन्दा एक ईन्च पनि माथि देखिएन।
“बक्रेश्वरको ठूलो घन्ट’ भन्ने ब्राम्हणले बिचरा जे जानेका थिए तेहि भने गरे। यता हाम्रा प्रधानमन्त्रीले पनि जानेको तेति नै रहेछ, थाहा भएकै पनि तेतिथ्यो तेहि फर्माईदिए। नत्र विश्व संकटमा भएका बेला प्र म ले तेस्तो कताको काशी कताको कुतिको बेजिम्मेवारी जवाफ दिन मिल्छ ? “जब रूघा लाग्छ कोविदको शंका हुन्छ तब बेसार पानी पकाएर खाने ख्वाक्क खोक्ने र कफ आउँछ फुत्त फाल्ने। बस बेथा चट्“ तेस्तै मान्छेलाई नै पाठक बनाएर यज्ञमा ल्याउने चने बाजे र स्वरमा स्वर मिलाएर खाई हिंड्ने ती टापटिपे पण्डित पाठकहरूलाई के भन्ने ?
हुन त पहिलो कुरा प्रधानमन्त्रीले “तयारीनै नभई हेपेर गएर पनि म गफै गफमा ती सबलाई लट्ठ्याएर फर्कन्छु“ भन्ने सोच लिएनन् भन्न सकिन्न। किनकी उनमा तेस्तो घमण्ड भएको कुरा जगजाहेर छ।
दोस्रो सोझै जवाफ दिन मुखैमा बिर्को लागेको छ अनि कसरी ? अन्ट सन्ट गरेर टार्नै पर्यो। तेस्रो हाम्रा संसदीय सुखभोग गरिआएका नेताहरू मोदीले चिया पसलदेखिका एक एक कुरा घुमाएर सुनाउँदै गर्दा घोच्दा् मिठो मानेर, नानी पानी घरमा रहदैन देऊ भन्ने आशयको कुरा सम्बोधन गर्दा ताली ठोक्नेहरूकै संख्या अैले पनि संसदमा छ। अनि वलीको बैदाङ्गी (वैद्य) कुरामा किन ताली नठोकुन्। तर निकाश सहज अवस्य हुनेछैन। जनता सधैं चुप लागेर हजुर गर्ने पक्षमा अब छैन सरकारमा बस्नेले हेक्का राखे हुन्छ। बेलैमा चेतना भया।
स्वस्फूर्त रूपमा ०६२को आन्दोलन सम्झाउने गरि काठमाण्डूको सडकमा देखिएको युवाहरूको लकडाउन तोड़ि निस्केको जनलहरले सरकारमा बस्नेलाई चेतावनी दिएको छ, होसियार नजर अन्दाज़ नगर, जुन सरकार आए नि जन्तै ढाँट्ने, थाङ्ने टाल्ने, यस्तो काम अबकाले नगर।
पानीको फोहराले कुनै पनि नागरिकको पीडाको अभिव्यक्ति र जनशक्ति बगाऊन सक्दैन भन्ने पनि ख्याल राख्नै पर्छ।यहि हो उपकथा “बक्रेश्वरको ठूलो घंटको कथाको महत्व र महिमा। कता जाँदै छ सरकारमा बसेका नेताहरूको गरिमा ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































