साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्धीलाई चिठी

ठुलाघरेको घाँटी मर्काउँनु पर्ला जस्तो छ छोराकी श्रीमती पनि सम्धीज्यू ! तपाईँलाई नै फर्काउनु पर्ला जस्तो छ ।

Nepal Telecom ad

सम्धीज्यू !
यता धान राम्रै फलेको छ
पुर्बिया पनि राम्रै चलेको छ
तपाईँका नातिनातिना भोकाएर के भो ?
छिमेकीका कुकुरहरू मोटाएका छन्
यस्तै छ
महँगी निकै बढे पनि
धुँवा, धुलो र प्रदूषणचाहिँ सस्तो छ
साँच्चै सम्धीज्यू !
त्यताको हालखबर कस्तो छ ?

सम्धीज्यू !
यता नेत्रबहादुरले पावरवाला चस्मा किनेको छ
धनबहादुर जोगी भएर हिँडेको छ
बुद्धिप्रप्रसादको सुद्धि हराएको छ
कणर्बहादुर सुन्दैन कान
वीरबहादुर भएको छ
तल्लाघरे लुखुरेसँग थर्कमान
प्रोफेसरकी स्कुले छोरी माड्सापसँगै हिँडी रे
बाबुको नाकै गिँडी रे !
खर्च जोगियो भनेर प्रोफेसर साब
मख्ख परे रे
एक बोतल लाऊँ भनेर
साहिँलीको भट्टीतिर झरे रे
के गरून् बिचरा
सिलप्याकभन्दा कोदोकै झम्केझोल सस्तो छ
यता यस्तै छ सम्धीज्यू !
त्यताको हालखबर कस्तो छ ?

के गर्ने सम्धीज्यू ?
महँगी बढेको छ
हृदय डढेको छ
यसो मालपोत भन्सारतिर जागिर खाऊँ भने
न आफूले पढेको छ
न छोराले पढेको छ
खै के देखेर छोरी दिनु भो तपाईँले ?
अब त बाँच्नै पनि
ठुलाघरेको घाँटी मर्काउँनु पर्ला जस्तो छ
छोराकी श्रीमती पनि सम्धीज्यू !
तपाईँलाई नै फर्काउनु पर्ला जस्तो छ
यता त यस्तै छ सम्धीज्यू !
त्यताको हालखबर कस्तो छ ???

हेटाैंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीज्यू !

सम्धीज्यू !

निमेश निखिल
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x