साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

यो देशमा अपराधीलाई सबथोक छुट छ कोही बोल्दैन ।

Nepal Telecom ad

१.
हावादारी योजना अब कति चल्छन् कति
चेपारेले मुखको चिल्लो कति दल्छन् कति
घोषणापत्र भनून् चाहे सङ्कल्प पत्र भनून्
यो बेला उधारा सपना कति फल्छन् कति ।

२.
आफ्नो ऐना नहेरेर अरुलाई गिज्याउने थुप्रै छन्
भेटी चढाई रातारात मतदाता रिझाउने थुप्रै छन्
यो चुनाव हो चुनाव नौटङ्की र तमासाको के कमी
निस्केर सुटुक्क दूलाबाट फणा फिँजाउने थुप्रै छन् ।

३.
सार्वजनिक सवारीले यात्रुलाई लुट्छ कोही बोल्दैन
लुटेराहरूकै यहाँ सङ्गठन र गुट छ कोही बोल्दैन
रिस्वत र चन्दामा मस्त छन् डण्डा र झण्डावालहरू
यो देशमा अपराधीलाई सबथोक छुट छ कोही बोल्दैन ।

४.
पाहुर कोसेली खकार्नेलाई बजार भाउको के मतलब
लुटको उपहार सकार्नेलाई बजार भाउको के मतलब
तमासा हेर्छ नौटङ्की सरकार मौन छ पुलिस प्रशासन
सित्तैंको भोजन डकार्नेलार्ई बजार भाउको के मतलब ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x