साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुमन्तर

यो देखिएको त नयाँ जाम हो, त्यति बेलाको होइन । अकोँ निर्वाचनमा यसलाई पनि फुमन्तर गरेर हटाउनुपर्छ ।

Nepal Telecom ad

निर्वाचन मिति घोषणा भयो । ‘खोकेन्द्र खोली’ यस पटक पनि निर्वाचनमा उम्मेदवार हुने भए । उनको पार्टीले उनलाई सर्वसम्मत रूपमा उम्मेदवारको टिकट दियो । टिकट पाएपछि खोकेन्द्रको खुट्टाले फेरि पनि भुइँ छोड्यो ।

उम्मेदवारले वारेसमार्फत पनि उम्मेदवारी दर्ता गर्न पाउने कानुनी प्रावधान थियो । यही प्रावधानको उपयोग गरेर उनले आफ्नो वारेस ठगेन्द्र ठाडामार्फत उम्मेदवारी दर्ता गराए । उनका समर्थकले मुख मिठ्याउँदै साविकझैँ बिनाशर्त टरर्र ताली बजाए ।

खोकेन्द्रको निर्वाचन क्षेत्रका बासिन्दा सडकमा हुने गाडी जामको समस्याले आजित थिए । मतदाताको यही मनोविज्ञान बुझेर उनले आमसभामा खोक्नुसम्म खोके । खोक्ने क्रममा- “यस पटक पनि मलाई मत दिएर जिताउनु भयो भने म यो जाम सात दिनभित्र फुमन्तर गरेर हटाइदिन्छु” भन्दै उनले जाम भएतिर औँलो तेस्र्याए । सोझा मतदाताले सोभैm रूपमा बुझे । निर्वाचन सम्पन्न भयो । खोकेन्द्र अत्यधिक बहुमतले विजयी भए ।

निर्वाचन सम्पन्न भएको एक महिना पूरा भइसकेको थियो । अघिपछि मठ, मन्दिर र देवी देवता भनेपछि छिःछिः दुरदुर गर्ने खोकेन्द्र यस पटक भने यसप्रति विश्वास राख्ने मतदाताको आस्थालाई समेत जीवन्त राख्न विजय जुलुसकासाथ देवी देवताका मठ मन्दिरमा गए । प्रस्ट देखिने गरी निधारमा रातो टीका लगाए । फोटो खिचाए । सडकमा दैनिक जसो भइरहने जाम उस्तै थियो ।

विजय जुलुस आमसभामा परिणत भयो । त्यस आमसभामा उपस्थित मतदाताले सडकको जामतिर औँला तेस्र्याउँदै खोकेन्द्रको ध्यानाकर्षण गरे । विजय उल्लासकासाथ कुर्लिरहेका खोकेन्द्रले ढिला नगरी मतदातालाई प्रश्न गरे- “आदरणीय जनसमुदाय, म उम्मेदवार हुँदाको जाम सडकमा अहिले कहाँ छ ? देखाउनुस् । त्यसबेलाको जाम त मैले फुमन्तर गरेर उहिल्यै हटाइदिइसकेँ । यो देखिएको त नयाँ जाम हो, त्यति बेलाको होइन । अकोँ निर्वाचनमा यसलाई पनि फुमन्तर गरेर हटाउनुपर्छ । तपाईंहरू ढुक्क हुनुहोस् ।”

मतदाताले के बुझे थाहा छैन तर तिनको तालीको आवाज भने साविकमा जस्तै नरोकिईकन एकनासले टरर्र बजिरह्यो । खोकेन्द्र मुसुक्क हाँसिरहे मात्र । थप केही बोलेनन् ।

(सुलेख, वैशाख २०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x