साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्धीज्यू !

अब त बाँच्नै पनि ठूलाघरेको घाँटी मर्काउनु पर्लाजस्तो छ छोराकी श्रीमती पनि सम्धीज्यू ! तपाईलाई नै फर्काउनु पर्लाजस्तो छ यता त यस्तै सम्धीज्यू । त्यताको हालखबर कस्तो छ ???

Nepal Telecom ad

निमेष निखिल :

सम्धीज्यू !
यता धान राम्रै फलेको छ
पूर्वीया पनि राम्रै चलेको छ
तपाईंका नातिनातिना भोकाएर के भो ?
छिमेकीका घोडाहरू मोटाएका छन् यस्तै छ
महङ्गी निकै बढे पनि
धुवाँ, धूलो र प्रदूषण चाहिं सस्तो छ
साँच्चै सम्धीज्यू
त्यताको हालखबर कस्तो छ ?

सम्धीज्यू !
यता नेत्रबहादुरले पावरवाला चस्मा किनेको छ
धनबहादुर जोगी भएर हिँडेको छ
बुद्धिप्रसादको सुद्धि हराएको छ
कर्णबहादुर सुन्दैन कान
वीरबहादुर भएको छ
तल्लाघरे लुखुरेसँग थर्कमान
प्रोफेसरकी स्कुले छोरी माड्सापसँगै हिंडी रे
बाबुको नाकै गिंडी रे !
खर्च जोगियो भनेर
प्रोफेसरसाब मख्ख परे रे !
एक बोतल लाऊ भनेर
साहिँलीको भट्टीतिर झरे रे !
के गरुन् विचरा
सिलप्याकभन्दा साहिँलीकै झम्केझोल सस्तो छ
यता यस्तै छ सम्धीज्यू !
त्यताको हालखबर कस्तो छ ?

के गर्ने सम्धीज्यू ?
महङ्गी बढेको छ
हृदय डढेको छ
यसो मालपोत भन्सारतिर जागिर खाऊ भने
न आफूले पढेको छ
न छोराले पढेको छ
खै के देखेर छोरी दिनु भो तपाईले ?
अब त बाँच्नै पनि
ठूलाघरेको घाँटी मर्काउनु पर्लाजस्तो छ
छोराकी श्रीमती पनि सम्धीज्यू !
तपाईलाई नै फर्काउनु पर्लाजस्तो छ
यता त यस्तै सम्धीज्यू !
त्यताको हालखबर कस्तो छ ???

०००
हेटौंडा
मधुपर्क (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीलाई चिठी

सम्धीलाई चिठी

निमेश निखिल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x