साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुगा रटाइ !

ब्याचलर लेभलको युद्ध एम ए दोस्रो बर्षमा बुद्ध भयो। मदन र सरस्वतीको सयुक्त सरकार बन्यो । वास्तवमा मदन बाहिरी बदमास तर भित्री भलाद्मी थियो।

Nepal Telecom ad

धनराज गिरी :

कलेजको माहौल,भर्खर नयाँ नयाँ अनुहारहरू आएका छन् टाइमपास गर्न, कोही भिसा नलागेर, कोही के कोही के, उमेर पुगेका केही भमरहरू फूलको पछिपछि, प्राकृतिक आकर्षण। मदन, एक उदण्ड, अलि मनचला, जिस्क्यायो भर्खर भर्ना भएकी सरस्वती लुइँटेललाई, अति राम्री, सबैको नजर नामको रेलको जक्सन । नेपाली गुरु कोमलनाथ सुवेदी पनि मनमनै चेलीको रूप हेरेर कल्पिने,  “अलि छिटो आइएछ धरतीमा !” पछुताए । तर सरस्वती अति कडा,मित बाको दीक्षा पाएकी । मित बा उही प्रोफेसर “हर्षोल्लास आशुतोष पाल्पालीय झुवानीश्री !”

भनेको थियो मित बाले, “छोरी, कुनै विपरीतलिङ्गीको हरकत असजिलो लागे, असह्य भए, झम्टिने, आवश्यक परे “चप्पलाभिनन्दन” गर्ने ! एक पटक सातो उडाएपछि फेरि हिम्मत गर्दैन ! ”

“नजीक आए घाटा हुन्छ अरे रूपवती, मिलन हाम्रो शाश्वत धाममा भरे रूपवती !” गजलको सङ्गत, मदनको, रामकृष्ण अनायास, साथी । कुरा बुझिन् सरस्वतीले, नजीक आइन्, एक्सन !

“ए मिस्टर, तिम्रो घरमा हुर्किएका चेलीबेटी छैनन् ? ए मिस्टर, अरूको सिस्टरलाई सम्मान गर्न आउन्न ? तिम्रो दिदीबैनीलाई अरूले यसरी “अब्यूज” गरे सहन्छौ ? अलिकति पनि सुझबुझ छैन ? अब आइन्दा ….. ” शेरनी बनिन् । अचम्म, कुनै असर छैन मदनको अनुहारमा,अझ उज्यालो अनुहार बनाएर बोल्यो, ” उही रटा रटाया फिल्मी डायलग, उही सुगा रटाइ, उही पट्टु कृष्ण कहू, उही उही उही, अरे नादान फूल, यो त सम्मान हो, उल्टो बुझ्ने ? मेरा दिदीबैनीलाई अरूले जिस्क्याउन्नन र ? यो पुरस्कार पाउने पनि लगभग ५० सम्म हो। त्यसपछि वाग्लेको ढिकी ! ओइलाएको फूललाई कुन भमराले हेर्छ, गरीबको पोस्टमा कुन मूर्खले लाइक कमेन्ट गर्छ। सुकेको रूखको छहारीमा को आउने ? पूर्व हाकिमलाई कुन बहालवाला कर्मचारीले मूल्य दिन्छ ? अरूको घर मेरो ससुराली, मेरो घर अरूको ससुराली ! यो बेलामा यत्तिको रोमान्टिक पनि हुन नपाए किन कलेज आउने ?” परररर ताली, केटाहरूको।

“साले,ज्याद्रो रहेछ!” यही सोचेर सरस्वती बाटो लागिन् । ब्याचलर लेभलको युद्ध एम ए दोस्रो बर्षमा बुद्ध भयो। मदन र सरस्वतीको सयुक्त सरकार बन्यो । वास्तवमा मदन बाहिरी बदमास तर भित्री भलाद्मी थियो। दुई “सम” बने, उपप्राध्याक, उही कलेजमा ! जूनजस्ती दुहिता आइन् जिन्दगीमा “समता आरोही” विवाह भएको चौथो वर्षमा। अर्को रहर गरेनन् !”

देखिने उदण्ड वास्तवमा त्यस्तो नहुनसक्छ, देखिइने भलाद्मीसित सतर्क रहनू छोरी !” मित बाले सम्झाएको थियो। मदनभित्र “धर्म ” रहेछ, सरस्वतीको “करुणा” पायो। यतिखेर मदन क्याम्पसप्रमुख भएको छ। ऊ गणित गुरु, र करुणा अङ्ग्रेजी साहित्यमा एम फिल ! जीवन रामनगरदेखि वामनगर हुँदै दामनगर पुगेको छ। सबैले जोडीको तारीफ गर्छन् ।

०००
चितवन, हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x