साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई ‘गोरु’ बनाउने ‘गुरू’

मेरा छलकपटविहीन विद्यार्थीहरूलाई मेरो धोती समातिरहने, आफ्नो सहपाठीको पोल हाल्ने, मेरा धूपौरे हुने गरुमन्त्र दिने पक्षमा म छैन। तर मेरा निष्कपट विद्यार्थीहरूलाई मैजस्तो 'गोरू' बनाउने पक्षमा ता म झन् छँदैछैन ।

Nepal Telecom ad

कृष्ण प्रधान :

विद्या विद्या शिक्षा वा बुद्धि वा कर्म सम्बन्धी योग्यता दिलाउने व्यक्तिलाई ‘गुरू’ भनिन्छ। ‘गुरू’ शब्दले अन्धकारबाट उज्यालोमा लैजाने अर्थ बोकेको हुन्छ। पाठशालाको प्राङ्गणमा खुट्टा टेक्न थालेदेखि नै ‘गुरू’ भन्ने शान्त, सौम्य, ज्ञानी व्यवित्तमाथि मेरो असीग श्रद्धा झाङिन थालेको हो। भविष्यमा ‘गुरू’ बन्ने प्रेरणा पनि मलाई यही ‘गुरू’ शब्दबाटै प्राप्त भएको हो। मोही प्रेरणाकै फलस्वरुप आज म पनि ‘गुरू’ ता भएको छु नि….। खै ‘गुरू’ पनि के भनु ? नढाँटी भनु भने, म ‘गुरू’ होइन ‘गोरू’ चाहि पक्कै भएको छु। म ‘गोरू’ बनिनुमा मेरा ‘गुरू’ नै सोहै आना भागीदार वा जिम्मेदार छन् भन्ने सार्वजनिक गर्नु मात्र होइन सोबारे धक फुकाएरै नालीबेली लाउन चाहन्छु ।

मेरो विद्यार्थीकालमा यस्ता ‘गुरू’ भेट्टाएँ जसले मलाई किताबी ज्ञानमात्रै दिएनन् तर मेरो भाषा, साहित्य, संस्कृति, जाति-समाजको उत्थानको निम्ति आफूलाई न्यौछावर गर्ने गुरु-मन्त्र दिए। मभित्रको धुर्याइँ, कपट्याइँ कुटनीति आदि निमिट्यान्नै पारी सत्यको गोरेटोमा हिँड़ी आफ्नो कुलको यश राख्नुपर्छ भन्ने अर्ती उपदेश दिए। मेरो उन्नति र प्रगतिमा मेरा आफन्तभन्दा धेर खुसी हुने, रमाउने मेरा आदरणीय ‘गुरू’ ले हरहमेसा आदर्शको पाठ सिकाउँदै-घोकाउँदै मभित्र समानता एवं भातृभावना जगाइदिए। दुष्टहरूलाई समेत क्षमादान गर्ने कुरा यिनै ‘गुरू’ बाट सिकें। नम्रतापूर्वक अन्यायीहरूको हृदयमा प्रभाव पार्ने सक्ने क्षमता तिनै ‘गुरू’-को सानिध्यबाट अर्जन गर्न सकें। ज्ञान र गम्भीरताको विशाल भंडार मात्र होइन सबैसित मिल्ने मिलनसार ‘गुरू’ को स्नेहमा ओतप्रोत हुने मौका पाएँ। भयरहित बनाएर प्रेम र सहानुभूतिद्वारा तिनका विद्यार्थीलाई सुयोग्य नागरिक बनाउन नै आफ्नो जीवन सार्थक ठान्ने ‘गुरु’ को काकमा लुटपुटिनु पाउँदा म जस्ता भाग्यमानी शिष्य सायदै गोही होलान् भन्ने कुरोले म मेरो ठिटौले उमेरमा त्यसै त्यसै गजक्कै भएको थिएँ।

साँच्चै आदर्श ‘गुरु’ भेट्टाएकोमा म आफूलाई कति भाग्यमानी ठान्थें। ब‌द्मास सहपाठीहरूसित मैले कहिल्यै सङ्गत गरिनँ। मेरो आचरंण, व्यवहारमा साँच्चै परिवर्तन आएको थियो। ढाँट्नु जानिनँ, छल्नु जानिनें। किनभने माटाको डल्ला जस्तो मेरो कलिलो मन मस्तिष्कमा मेरा ‘गुरु’-ले मलाई ढाँट्नु, छल्नु पाप हो भन्ने कुरो कोचारदिएकाले पछिसम्मै म यस पाप कामदेखि टाडै बसेँ।

मलाई आदर्शको पाठ धोकाउने मेरा ‘गुरु’ मलाई बारम्बार जीवनभर कहिल्यै कसैसित ठ्याम्मै नझुक्नु भन्थे। उनै ‘गुरु’ को गुरुमन्त्र शिरोपर गर्दै आजसम्म कसैको अघि झुकेको छैन। अहिले सोंच्दा ‘गुरु’ ले मलाई पक्कै ‘गोरू’ नै बनाएका रहेछन् । मलाई झुक्नु सिकाएनन् । तर यो लोलोपोतोको युगमा झुक्नुहरूकै चाँदी-कटाइ हुँदोरहेछ भन्ने छत्छती देख्दा मलाई मेरा ‘गुरु’-ल साँच्चै ‘गोरू’ बनाएका रहेछन् । मेरा सहपाठीहरूमध्ये म हरिलठ्ठक मात्रै सिलगड़ी जंक्शन मोड़ अघिल्तिर ठड्याइए‌को भानुभक्तको सालिगर्छौं भएर जीवन धान्न परिरहेछ। मेरो भाग्यमा फेभिकोल ल्याप्पै लिपिनु मात्र होइन सखरखण्ड नै लेखिनुमा मेरै आदर्शवादी ‘गुरु’ को हात छ भन्छु म। मेग अन्य सहपाठीहरूमध्ये कोही जिल्लाका श्रेष्ठ अनि अब्बल पत्रकार छन् ता कोही उच्च ओहोदोमा बसेर आफ्नो सुखिलो जीवन धानिरहेका छन् ।

मेरा सहपाठीहरू सुदूर बस्तीमा बस्ने…. म परें शहरमा। पानी बाहेक सबथोक कुन्नुपर्ने । बस्तीवाल सहपाठी, खेतबारीका धनी । छुट्टीको दिन परेको थियो… विशेष काम लिएर ‘गुरु’ का घर गएको थिएँ। मेरा एकजना सहपाठी पनि ‘गुरु’का घरमा देखेर छक्कै परें । पछि बड्दै जाँदा ती सहपाठी दिन्हुँ आएर ‘गुरु’ लाई सेवा-सुश्रूषा गर्दारहेछन् । ‘गुरु’ को खाना पकाउनुदेखि लिएर जुठा भाँडाहरू, जुठा भाँडाहरूदेखि लिएर ‘गुरु’-को लुगाफाटा समेत धोइदिँदा रहेछन् । अन्य सहपाठीहरू प्रत्येकले आफ्नै खेतको कालो नुनियाँ, सब्जी मात्र होइन खाँटी दूध र घिउ समेत ल्याएर ‘गुरु सेवा’ गर्दारहेछन्।

यो कुरा सुनेर मलाई ईर्ष्या लाग्नु स्वाभाविकै थियो। यिनै सहपाठीको देखासिकी गर्दै मलाई आदर्शको पाठ घोकाउने ‘गुरु’-को घरमा एक किलो चिनी लिएर पुगें। शहरमा बस्ने मान्छेले खै अरु के नै पो लान सक्छ र! मेरो हातमा चिनीको पोका देखेर ‘गुरु’ ले मेरो दाहिने गालामा गतिले चड़कन लाए। एकक्षण ता म अललिए। मेरो देब्रे कान निमोठ्दै ‘गुरु’ बोले ‘लाखेस! अबदेखि उसो यस्तो पोको-पत्यौरो बोकेर मेरो घरको सङ्गार नटेक्लास् । आफ्नो स्वार्थ पुरा गर्नेहरूले, आफ्नो दुनो सोझ्याउन चाहनेहरूले पो यसरी पोको बोक्छन् । तैंले मलाई दिनु होइन मबाट लिनुपर्छ। बुझिस् ?’

त्यसताका मेरा आदर्श ‘गुरु’ -सामु सामान्य मुन्टो हल्लाइदिएको थिएँ। स्कूले जीवनदेखिनै आफ्नो स्वार्थ पूरा गर्न अभ्यस्त मेरा यी सहपाठीहरूले उच्च शिक्षा हासिले गर्दा पनि तिनका ‘गुरु’ का घरमा गएर जुठो भाँड़ा मोलिदिनु मात्र होइन अरु के के पनि गरिदिए होलान्। यसरी ‘गुरुपूजा’ गर्ने मेरा सहपाठीहरू अहिले उच्च ओहोदामा ‘घोड़ा’ भई आफ्नो सुखिलो जीवनको रथ हाँकिरहेका छन् । ‘गुरुपूजा’ गर्ने वञ्चित, प्रतिबन्धित यो अधम शिष्य चाहिँ ‘गोरू’ भएर एकै ठाउँमा जोतिइरहेको छ कि जोतिइरहेको छु।

मेरा एकजना सहपाठीको कुरा पनि उकेलिहालूँ क्यारे ! उनको कुरा यहाँ उठान गरिएन भने मलाई कसरी मेरा ‘गुरु’ ले ‘गोरू’ बनाए सोबारे केही खुलस्त हुनेछ। नत्र मैले मेरा प्रिय ‘गुरु’ लाई ढाँट आरोप लाएको हो भन्ने अपगाल होइन गतिलै पाप पनि लाग्नेछ। मेरा ती सहपाठी हामीभन्दा धेरै अग्ला, सिकुटे भएकाले उनलाई हामी ‘चिबे’ भनी बोलाउँथ्यौं।

केटाकेटी उमेर। हामीले प्रत्येक ‘गुरु’ को नाम राखिदिएका थियौं। मौका छोपेर ती ‘चिबे’ ले प्रत्येक ‘गुरु’ लाई ‘फ्लानुले तपाईंको नाम यस्तो राखिदिएको छ’ भनेर पोल हाल्दारहेछन्। ‘चिबे’ पोल हाल्नुमात्र होइन अर्काको कुरा गर्नु, आफ्नै सहपाठीको बद्ध्वाइँ गर्नु, आफूभन्दा ज्ञानी सहपाठीको खुट्टा तान्नु, झगड़ा लाउनुमा खप्पिस थिए। आफ्नै सहपाठीविरुद्ध प्रधान अध्यापकलाई किसिम पोल हाल्न पनि पोख्त । हामी पढ्ने विद्यालयमा केटीहरू पनि पढ़ने हुनाले ‘चिबे’ को चाँदी कटाइ थियो। कुन केटीले कसलाई मन पराएकी छ, कुन केटालाई कसलाई मन पराए‌को छ, केटा-केटीहरूमाझ प्रणयसम्बन्ध गाँसिदिनु, एउटाको खबर अर्कोलाई पुऱ्याइदिनु बाहेक पनि विद्यालयका तमाम् विद्यार्थीको एक-एकवटा खबर राख्नमा हाम्रा ‘चिबे’ निपुण थिए। प्रधान अध्यापकले ‘चिबे’ बाटै विद्यालयको सम्पूर्ण रपोर्ट लिँदारहेछन् । यसैकारण हाम्रा मिलनसार सहपाठी ‘चिबे’-लाई हाम ‘रिपोर्टर’ भनेर जिस्काउँथ्यौं। रिपोर्टर भनेपछि ‘चिवे’ लाई भूइँक्लास पढ्नेदेखि लिएर बाह्रौं श्रेणीसम्म पढ्नेले चिन्थे ।

कस्तो अचम्म ! हाम्रो मुखमा सरस्वतीले वास गरेकै जस्तो भयो। विद्यालय, महाविद्यालय, विश्वविद्यालय सिद्ध्‌याएपछि मेरा सहपाठी ‘चिबे’ साँच्चै पत्रकार भएछन् । पत्रकार पनि लरतरा होइनन् । जिल्लाभरिका सर्वश्रेष्ठ पत्रकार। पत्रकारितामाथि उनको समर्पित र अमूल्य योगदानको निम्ति उनले यति धेरै पुरस्कार र सम्मान पाइसकेका छन् सो को हिसाब-किताब छैन। आफ्नो स्वार्थ पूरा गर्न वा आफ्नो काम फत्ते पार्नु पत्रकारितालाई ढाल बनाउन चाहँदैनन् । आफ्नो नियरेष्ट र डियरेष्ट नेताहरूका तीन-तीन कलममा अनि आफूलाई मन नपर्नेहरूका समाचार छाप्दै नछाने अन्य टपर्युइँय्या पत्रकार जस्ता पनि छैनन् मेरा सहपाठी पत्रकार। पत्रकारमाथि गहन अध्ययन भएकाले पाठकहरूका मर्म राम्री बुझेका छन् । र ता उनी हत्तपत्त लेख्दैनन् । लेखेपछि तर आफ्नो नाममै लेख्छन् । उनको प्रतिवेदन वा समाचार विश्लेषण छापेको दिन उनको नामै देखेर उनको पत्रिका हट् केक जस्तै बिक्री हुन्छ ।

उनको लेखाइमा साँच्चै दम छ। राष्ट्रिय तहको दैनिकमा उनलाई अफर नाएरो पनि होइन। ‘बसे लेउ लाग्छ, सरे छेउ लाग्छ’ भन्ने आहानका पक्षपाती यी पत्रकार सहपाठी एउटै कम्पनीमा फेभिकोलझै टाँसिएर बस्नुमै आफ्नो बुद्धिमता ठानछन् । कम्पनीमा फेभिकोलड़झै टाँसिदा-टाँसिदा प्रकाशकको धोती समातेर सेभोकको ढेढहरूले रुखका यो हाँगादेखि अर्को हाँगा समाती जीवन धाने जस्तो यी पत्रकार उर्फ ‘चिबे’ जीले पनि प्रकाशकको धोती समातेर कार्यालयमा ताण्डव मच्याएको दृश्य सुठी नै ईष्र्णीय देखिन्छ। प्रकाशकको धोती च्यातिएला तर उनको हात फुस्के ता के ! धोती समाले कला यिनले शुरुबाटै सिकेका छन् । दुःख लाग्छ, मेरा ‘गुरु’ ले मलाई कसैको धोती समात्ने ज्ञान कहिल्यै दिएनन् । धोती समात्नेहरू महान् पत्रकारमात्र होइन के-के भइसके। धोती समात्ने कला नसिकेकोले वा ‘गुरु’ बाट त्यस्तो ज्ञान नपाएकाले मेरा ‘गुरु’ ले मलाई ‘गोरू’ नै बनाएका रहेछन् भन्ने कुरो बल्ल पो बुझ्दैछु ।

पाठशाला, विद्यालय, महाविद्यालय अनि विश्वविद्यालय ता सिद्ध्याएँ नि! तर ६० प्रतिशत अङ्क जुरेन । ५६ प्रतिशतमै सन्तोक मान्नुपरेको पीर मलाई छँदैछ। थप १ प्रतिशतको निम्ति अद्यावधि छटपटिनु पररहेछ। ‘गुरु दक्षिणा’वापत ‘गुरुजी’ हरूका घरमा कोसेली लानेहरू, जुत्ता पालिश गर्नुमात्र होइन जुठा भाँडाहरू माझिदिने मेरा सहपाठीहरू ६० प्रतिशतका मालिक भाए। ठिटौले उमेरदेखिनै कसैलाई तल लाउने काम गर्नुहुँदैन भनी मलाई गुरुगन्त्र दिने ‘गुरुजी’ को आज्ञा शिरोपर गर्ने हुँदा ‘गोरू’ कै जुनी बताउनु परिरहेको छ।

मलाई ‘गोरू’ बनाउने ‘गुरु’ ‘गोरू’ हुन् वा उनका शिष्य ‘गोरू’ हुन् यसको फसेला गर्ने काम पाठकवर्गलाई नै सुम्पिँदैछु। तर बजारमा पोल लाउने, तेल लाउने, जदौ-हजूर गर्ने, छक्कापञ्जा गर्ने, धोतोई समात्ले, खुट्टा तान्ने, चम्चागिरी गर्ने, धूपौरे हुनेहरूकै धलिमलि भएको देख्दा मेरा प्रिय तथा आदर्शवादी ‘गुरु’ ले किन मलाई मात्रै तेल लाउने, चम्चागिरी गर्ने, पोल लाउने, धोती समाने, खुट्टा तान्ने, छक्कापञ्जा गर्ने, लड्डी लगाउने धूपौरे हुने ‘गुरुमन्त्र’ दिएनन् भन्ने कुराले मलाई गिजोलिरहेको छ। बरू ‘गुरुदक्षिणा’ वापत मेरा आदर्शवादी ‘गुरु’ ले मलाई मेरो दाहिने हातको बूढ़ो औली मागेका भए पनि खुशी हुँदै प्रदान गर्ने थिएँ।

लिनु होइन दिनुमात्र चाहने मेरा ‘गुरु’ ले मलाई विभिषण बनाउन चाहेका कुरा सत्य हो तर मेरा ‘गुरु’ ले मलाई विभिषण बनाउने झोंकमा ‘गोरू’ बनाएका छन् । धन्य! ‘गुरु’ आत्तिएर मेरो एउटा आँखा चाहिँ फुटाइदिएनन् । नत्र ‘कानो गोरूलाई औसी न पूर्णे’ भनेडौँ कानो आँखा लिएर मरणच्याँसे जीवन बाँच्नुपर्थ्यो ‘आदर्श गुरु’ का यी ‘गोरू शिष्य’ ले। उनै ‘आदर्श गुरु’-का बिंड़ो थामेर हजारों शिष्यहरूका ‘गुरु’ भएको छु म पनि। मेरा छलकपटविहीन विद्यार्थीहरूलाई मेरो धोती समातिरहने, आफ्नो सहपाठीको पोल हाल्ने, मेरा धूपौरे हुने गरुमन्त्र दिने पक्षमा म छैन। तर मेरा निष्कपट विद्यार्थीहरूलाई मैजस्तो ‘गोरू’ बनाउने पक्षमा ता म झन् छँदैछैन । हेनतेन नभनी मेरा सम्पूर्ण विद्यार्थीहरूलाई मेरो ‘गुरुमन्त्र’ यसरी भट्याउन चाहन्छु-

सहने सोझाहरूको सैयन मुटुको बिझ्ने सोला बनिदे
तिमिर विनाशक युगको झरिलो अग्नि-पुञ्जको गोला बनिदे
सल्केको तँ आग्नेय-गिरी बन्, ल्याई विद्युत आँधी गर्जन
सहिष्णुताको सरल उज्यालो हिम शिखरौँ नबन् नबन ।
– अगमसिंह गिरी।

पुछारमा, एउटै कुरा भन्न मन लागेको छ, हाम्रा भावी आमाहरूका कोखमा आफ्ना ‘शिष्य’ लाई ‘गोरु’ बनाउने ‘गुरु’ नजन्मिउन् ।

०००
सिलगढी, भारत
डरको हाउगुजी (२००९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x