साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमान गाथा

अपार गाथा गाउन सबले पुजारी तिमी हौ चौबीसे घन्टा चाकडी गर्न तयारी तिमी छौ । चालीसभन्दा बढी छन् तिम्रा घचिला उखान है हनुमान ! सकिन्न तिम्रो गरेर बखान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

गर्दथ्यो सेवा है हनुमान’ राम र सीताको
तिमीले सेवा गर्दछौ ऐले वा-नर नेताको ।
छत्तीसपल्ट छानामा चढी आवाज उठायौ
वानर भेला विशाल पार्यो दानव जुटायौ ॥

सुग्रीव-सेना भएर जम्मा त्यो लाखुटारमा
विचित्र लीला देखाइदियौ त्यो शुक्रवारमा-
लौ भन कति पायौ त भत्ता सुग्रीव- हातको
लौ भन कति धोक्यौ त सुरा जर्मन-जातको ?

राणाको अघि चाकडी गर्थ्यो धनुझै नुगेर
पञ्चको पनि चाप्लुसी गर्यो घरैमा पुगेर ।
कृष्णको सेवा- सुसार गर्थ्यौ भक्तिका रसमा
सुग्रीव सेवा गर्दछौ ऐले शक्तिका वशमा ॥

चाकडीमाथि चाप्लसी गर्न परेनौ पछाडि
जुनसुकै तन्त्र आउँदा पनि तिमी छौ अगाडि ।
सुशीलदेखि विद्रोहीसम्म चरित्र हजार
हे हनु‌मान । तिम्रै छन् दिन, तिम्रै छ बजार ॥

काँचुली फेर्दै खेल्दछौ तिमी नौटङ्गी नाटक
तीनछक पर्छन् नाटक हेर्ने, नेपाली पाठक ।
महिमा तिम्रो को लेख्न सक्ने ? महङ्गी बढ्‌दो छ
नेपाली जन, जीवन-धन, महिमा गड्दो छ ॥

अपार गाथा गाउन सबले पुजारी तिमी हौ
चौबीसे घन्टा चाकडी गर्न तयारी तिमी छौ ।
चालीसभन्दा बढी छन् तिम्रा घचिला उखान
है हनुमान ! सकिन्न तिम्रो गरेर बखान ॥

०००
रानीवन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x