डा. बमबहादुर जितालीचम्चाको चमत्कार
चम्चाहरू नाचेका छन् चुरो समाएर चरेसका भाल घुमे, जुरो कमाएर । चम्चा चढे टाउकामा मुख छोपिदिए ठूलाबडा छेपाराले हाकाहाकी पिए ।।
डा. बमबहादुर थापा ‘जिताली’ :
चम्चालाई चलाउने आफैँ फुटेका छन् ?
प्लेट फुटे पनि चम्चा सधैँ जुटेका छन् ।
चोरलाई चम्चाले नै खानदिन्छ सारा
चम्चालाई चलाउने भए भातमारा ।।
जल्ले खानदिन्छ उतै सर्वहारा लागे
अन्नबाली फलाउने परदेश भागे ।
यही चाला चल्दा–चल्दै देश रित्तो भयो
चम्चागिरी चलेपछि गतिमति गयो ।।
हेर्दाहेर्दै मुलुक यो एसियामा पहिला
खाँदाखाँदै टाउकेको भुँडी भयो घैला ।
यस्तै चाला चल्यो भने भोलि नाङ्गो हुन्छ
देशै नाङ्गो भएपछि सगरमाथा छुन्छ ।।
गरिबीले सगरमाथा चुम्ने भयो पक्का
विश्वकीर्ति राख्नेलाई छैन लक्का–धक्का ।
चम्चाहरू चम्केका छन् चुली चढेका छन्
चराहरू चारो खोजी–खोजी उडेका छन् ।।
चम्चाहरू नाचेका छन् चुरो समाएर
चरेसका भाल घुमे, जुरो कमाएर ।
चम्चा चढे टाउकामा मुख छोपिदिए
ठूलाबडा छेपाराले हाकाहाकी पिए ।।
सिमलको भुवाभन्दा घुम्ने कुर्सी हल्का
सापकोटा, पाैडेलजस्ता भएका छन् अल्का ।
पछाडि छन् झनै अल्का सबै ठूला–ठूला
पर्दाभित्र लुकी–लुकी लुटेका छन् मूला ।।
चम्चाले नै चलायो मुलुक
सारालाई बनायो भावुक ।।
०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१
Subscribe
Login
0 Comments
Oldest






































